भक्तपुरमा नेकपा (माओवादी केन्द्र) को चाँगुनारायण नगर समितिले पनि दर खाने कार्यक्रम सम्पन्न गरेको छ । नगर पार्टीको महिला बिभागको समन्वयमा तीज विशेष कार्यक्रम अन्तर्गत नगर समितिले दर खाने कार्यक्रम सम्पन्न गरेको हो । नजिकिएको तीज पर्वको अवसर पारेर शुक्रवार पार्टी संग आवद्ध रहेका महिला सदस्यहरुलाई दर खुवाइएको नगर अध्यक्ष नरेश खड्काले जनाएका छन् । कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै महिलाहरुले मात्र मनाउने तीज पर्वलाई कसरी महिला सशक्तीकरण संग जोड्ने भन्ने विषयमा छलफल समेत गरिएको नगर सचिव चण्डिका लामिछानेले जानकारी गराइन । चाँगुनारायणका करिब ३ सय महिला कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा पार्टीका पोलिट्ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज दिलिप प्रजापति, केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, डिपी ढकाल र प्रतिमा श्रेष्ठ त्यसैगरी जिल्ला संयोजक सुनिल बासु लगायतको आतिथ्यता रहेको थियो । उक्त अवसरमा बैचारिक बहसका साथै नृत्य, गायन लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत खेलिएको र खेलमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार पनि प्रदान गरिएको आयोजकले जनाएको छ ।
माओवादी केन्द्र चाँगुनारायण नगर समितिको तीज विशेष कार्यक्रम सम्पन्न
भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, ११ भदौ २०७९
चाँगुनारायण, ११ भदौ २०७९वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई