News Portal

  • घरआँगनमै स्वास्थ्य सेवाको पहुँच पुर्याउन मध्यपुर थिमिमा एकैदिन ३ स्वास्थ्य केन्द्र उद्घाटन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ भदौ २०७९
    ७७५ पटक
    भक्तपुर, १३ भदौ २०७९

    मध्यपुर थिमि नगरपालिकाले एकैसाथ ३ वटा वडामा शहरी स्वास्थ्य केन्द्र मार्फत सेवा शुरु गरेको छ । सोमबार एकैदिन ३ वटा वडामा शहरी स्वास्थ्य केन्द्र मार्फत निशुल्क स्वास्थ्य सेवा शुरु भएको हो ।

    मध्यपुर थिमि नगरपालिकाको वडा नम्बर २, ३ र ५ मा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय कृष्ण श्रेष्ठले सोमबार बिहान एक विशेष कार्यक्रमका बीच शहरी केन्द्रको संयुक्त्रुपमा उद्घाटन गरेका हुन् । उक्त अवसरमा प्रमुख प्रशाशाकीय अधिकृत, वडाध्यक्ष लगायत जनप्रतिनिधि,कर्मचारी एवं स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो ।

    उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताए अनुसार नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।आन्तरिक व्यवस्थापनमा नगरपालिकाकै श्रोत र कर्मचारी व्यवस्थापन गरी यसलाई सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

    शहरी स्वास्थ्य केन्द्रले स्थानीयलाई निशुल्क सेवा दिने इन्चार्ज सुदिप मिश्रले जानकारी गराएका छन्। केन्द्रमा उपलब्ध सेवा उपलब्ध गराउने र थप सेवा आवश्यक परे नगर अस्पताल रिफर गरिने उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...