News Portal

  • सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड, माग पूरा नगरे शैक्षिक हडताल गर्ने चेतावनि

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२० भदौ २०७९
    ५७४ पटक
    भक्तपुर,२० भदौ २०७९

    कपिलवस्तुको वाणगंगा नगरपालिका बुंङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुईवटा बसमाथि शनिबार राति तोडफोड भएको क्याम्पस प्रशासनले जनाएको छ ।

    बस तोडफोड भएकै ठाउँमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको पत्र भेटिएको छ। जसमा सिद्धार्थ क्याम्पसलाई जनकारबाही गराइएको जनाइएको छ। पत्रमा विद्यार्थीको मागप्रति क्याम्पस गम्भीर नभएको, पब्लिक क्याम्पस सङ्घले बढाएको शुल्क फिर्ता नगरेको, विद्यार्थी आन्दोलनलाई बेवास्ता गर्दै जायज आन्दोलनविरुद्ध गतिविधि गरेको, विद्यार्थीका माग पूरा गर्न लगाएको ताला तोडिएको, विद्यार्थीको जायज माग पूरा गर्न छोडेर मुठ्ठीभरका व्यक्ति बोकेर हिँडेको उल्लेख गरिएको छ।

    यसैगरी आफ्ना माग पूरा नगरे थप शैक्षिक हडतालसहित जनकारबाही गर्ने जनाइएको छ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...