News Portal

  • ख्वप भक्तपुर मिनिबस यातायात प्रालिमा मनपरि, १ सय ९५ व्यवसायी आन्दोलित

    रचना बयलकोटी / भक्तपुरपोस्ट भक्तपुर, २१ भदौं २०७९
    २६६२ पटक
    bhaktapur yatayatभक्तपुर, २१ भदौं २०७९

    ख्वप भक्तपुर मिनिबस यातायात प्रालिले एकलौटी संचालक समितिको निर्वाचन प्रक्रिया थालेपछि असन्तुष्ट व्यवसायीहरु आन्दोलित बनेका छन् । आधा भन्दा बढी व्यवसायीलाई बाहिर राखेर निर्वाचन प्रक्रिया थालेपछि उनीहरु आन्दोलित बनेका हुन् ।

    ख्वप भक्तपुर मिनिबस यातायात प्रालिले १ सय ९५ जना सदस्यलाई निर्वाचनबाट बन्चित गराई १ सय १ जनाको मात्र मतदाता नामावली प्रकाशन गरेपछि बिरोधमा उत्रनु परेको यातायात व्यवसायी बद्रि कोजुले बताए । प्रालिको निरङ्कुश र स्वेच्छाचारिता बिरुद्ध संघर्षको बिकल्प नभएको उनको भनाइ छ ।

    तत्कालिन मिनिवस व्यवसायी समितिमा ३ सय बढी व्यवसायी रहेको भएपनि प्रालि बनाउदा १ सय १ जना राखेर बनाएको र उनीहरुलाई मात्र मतदाता मानी नामावली प्रकाशन गरिएको भन्दै व्यवस्थापन पक्षले आफ्नो बचाव गरिरहेको छ । आन्दोलित पक्षले भने प्रालिमा मनोमानी गर्न २५ प्रतिसत पलायन भएका व्यवसायीलाई राखिएको र उनीहरुको मतले निर्वाचित हुने दाउ खोजिएको दावी गरेको छ ।

    अहिले प्रालिले २ सय ९५ जना व्यवसायीबाट मासिक ११ हजार उठाइरहेको छ । १ सय १ जना मात्रमा अधिकार भए किन सबैसंग मासिक रकम उठाइयो भन्ने कुराले पनि आन्दोलित व्यवसायीहरु आक्रोशित बनेका छन् । कानुनको आडमा पेशागत व्यवसायमा राजनीति गर्न खोजिएको र त्यो आफूहरुलाई मान्य नहुने उनीहरुको भनाइ रहेको छ ।

    प्रालिले शनिवारका लागि तय गरेको निर्वाचनमा निर्वाचन समितिका संयोजक किरण न्यौपाने द्वारा जारी मतदाता नामावलीमा १ सय १ जना व्यवसायीको मात्र नामावली प्रकाशित गरिएको छ । त्यसमा नअटाएका थप १ सय ९५ जनाले बिरोध जनाएपछि निर्धारित निर्वाचन बिबादित र अन्योलग्रस्त बनेको छ । अहिले दुई पक्षबीच दुधपाटीस्थित कार्यालयमा वार्ता चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...