News Portal

  • भक्तपुरमा माओवादी केन्द्रले मुख्य मन्त्री हुने हैसियतका हेभिवेट उम्मेदवार दिने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ भदौं २०७९
    १८४५ पटक
    भक्तपुर, २१ भदौं २०७९

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा माओवादी केन्द्रले हेभिवेट उम्मेदवार दिने भएको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मध्यपुर थिमि क्षेत्रबाट जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म नै उम्मेदवार हुने भएका छन् ।

    नेता प्रजापति नेकपा(माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य हुन् । गत स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरमा आफ्नो उपमेयर भारी मतले निर्वाचित भएपछि हौसिएको माओवादी केन्द्रले प्रदेश सभाको निर्वाचनमा जिल्ला इन्चार्ज प्रजापतिलाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । जिल्ला संयोजक सुनिस बासुले यसपटक पार्टीले आफ्ना हेभिवेट नेता प्रजापतिलाई उम्मेदवार बनाउने निर्णय गरेको पुष्टि गरेका छन् । त्यतिमात्र नभई उनलाई निर्वाचित गराउने समेत तयारी गरेको संयोजक बासुले दावी गरे ।

    भक्तपुरमा मध्यपुर थिमिलाई माओवादीको आधार इलाका मानिन्छ । सरल स्वभावका नेता प्रजापति मध्यपुरमा प्राय: सबै पार्टीले र स्थानीयले मान्ने स्थापित नेता हुन् । जनयुद्धकालीन कमान्डर उनी उपत्यकामा मात्र नभई बागमती प्रदेशमै माओवादी केन्द्रका उच्च तहका नेता मानिन्छन । भक्तपुरले उनलाई निर्वाचित गराउन सके बागमती प्रदेश सभामा भक्तपुरका लागि मुख्य मन्त्रीको समेत ढोका खुला हुनेछ ।

    माओवादी केन्द्र भक्तपुरले आफ्ना शिर्ष नेतालाई अघि सारी यसपटक सत्तामा पुर्याउने नीति लिएको देखिन्छ । भक्तपुरबाट सत्तामा नपुग्दा संगठन कमजोर हुनपुगेको आकलन सहित उक्त नीति लिइएको हो । सहसंयोजक एवं केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरलाई पनि प्रदेशकै सामानुपातिकबाट उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको जिल्ला नेता बासुले बताए । नेता श्रेष्ठ पनि बागमती प्रदेशमा माओवादी केन्द्रका उच्च तहका नेता मध्ये पर्दछन् । यसपटक जिल्लाका अर्का प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डिपी ढकालले भने उम्मेदवार नबन्ने घोषणा गरेबमोजिम उनलाई पार्टीले चुनावी कमान्डर बनाएर निर्वाचनमा होमिने तयारी गरेको थाहा भएको छ ।

    माओवादी केन्द्रले संघमा निर्वाचन क्षेत्र नम्बर १ बाट सादगी नेता सुरेश न्यौपाने र निर्वाचन क्षेत्र नम्बर २ बाट वाइसीयल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखालाई उम्मेदवार बनाउने समेत शिफारिस आएको बताइएको छ । त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेश क चाँगुनारायण क्षेत्रमा युवा नेता वीरु तामाङ्ग, ख भक्तपुर नगर क्षेत्रमा संयोजक सुनिल बासु र क्षेत्र नम्बर २ प्रदेश क सूर्यविनायक क्षेत्रमा जिल्ला सचिव जीवन तजको नाम चर्चामा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...