News Portal

  • प्रदेश युवा परिषद सदस्यमा भक्तपुरका कुटु मनोनीत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ भदौ २०७९
    १०२६ पटक
    भक्तपुर, २१ भदौ २०७९

    बागमती प्रदेश मातहत रहेको प्रदेश युवा परिषदमा भक्तपुरका राजु कुटु मनोनीत भएका छन् । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले कुटुलाई युवा परिषदको सदस्यमा मनोनीत गरेको हो ।

    प्रदेश युवा परिषद सदस्य मनोनित कुटु नेकपा(माओवादी केन्द्र)को युवा संगठन वाइसीएलका केन्द्रीय सदस्य रहेका छन् । भक्तपुरको मध्यपुर थिमि वडा नम्बर ३ निवासी कुटु वाइसीएल नेताका अलावा सफल युवा ब्यवसायी एवं समाजसेवी समेत हुन् ।

    प्रदेश सरकारले आफूलाई युवा परिषदमा मनोनीत गरेकोमा आभार प्रकट गर्दै उनले आफ्नो कार्यकालमा भक्तपुर र बागमती प्रदेशका युवाहरुको समग्र बिकासका लागि योजना बनाएर काम गर्ने बताएका छन् । उनको कार्यकाल ४ वर्ष रहने छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...