News Portal

  • भक्तपुरमा समातिए नक्कली परीक्षा दिलाउने गिरोह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ भदौं २०७९
    २५५१ पटक
    yatayat karyalaya bhaktapur licenseभक्तपुर, २३ भदौं २०७९

    भक्तपुरमा सवारी चालक अनुमति पत्रको परीक्षामा कडाइ गरिएसंगै नक्कली परीक्षार्थी समातिने क्रम बढेको छ । मध्यपुर थिमि स्थित यातायात व्यवस्था कार्यालय र थिमि प्रहरी वृत्तको सक्रियतामा नक्कली परीक्षार्थी समातिने क्रम बढेको हो ।

    साउन यता नै करिब एक दर्जन नक्कली परीक्षार्थी समातिएका छन् । कतिपय नक्कली परीक्षार्थीलाई जोगाइदिन भन्दै नेताले आदेश दिने गुण्डाले थर्काउने गरेको समेत यातायातका कर्मचारीसँग अनुभव रहेको छ । पछिल्लो समय प्रहरी वृत्त थिमिका प्रमुख हरिनन्दन चौधरीले ट्रायलमा नक्कली परीक्षार्थीलाई निरुत्साहन गर्न सादा पोसाकमा प्रहरी नै तैनाथ गरेका छन् । नक्कली परीक्षार्थी प्रमाणित भएपछी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई उनीहरुको जालो पत्ता लगाउने र कारवाही प्रक्रिया अघि बढाउने गरेको बताइएको छ ।

    भक्तपुरमा सवारी चालक अनुमति पत्रका लागि आवश्यक पर्ने ट्रायल परीक्षा मध्यपुर थिमि नगरपलिका वडा नं. ५ राधे राधे स्थित ईजी वे ट्रायल सेन्टरमा संचालन हुँदै आएको छ । पछिल्लो समय उक्त सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा गिरोह नै संलग्न हुँदै आएको पाइन्छ । ग्यारेन्टी पास गराइदिने भन्दै खुलेआम पैसा बार्गेनिङ्ग हुँदा परीक्षा संचालन गर्ने यातायात व्यवस्था कार्यालय समेत बद्नाम बन्दै आएको छ ।

    यातायात व्यवस्था कार्यालय भक्तपुरका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले बिचौलियाका कारण कार्यालय नै बद्नाम बनेकाले कडा निगरानी गरिएको र नक्कली परीक्षार्थी समात्न सफल भएको बताए । प्रमुख भट्टराईले जनाए अनुसार गत साता पक्राउ परेका एक व्यक्तिले ३ सय बढीको नक्कली परीक्षार्थी बनी लाइसेन्स दिलाएको खुल्न आएको छ । प्रहरी वृत्त थिमिको अनुसन्धान बाट उक्त तथ्य खुल्न आएको हो । ”नक्कली परीक्षार्थीहरु देशैभर पुगेर अन्य व्यक्तिका नाममा परीक्षा दिएको देखियो ।” वृत्त प्रमुख हरिनन्दन चौधरीले बताए ।

    नक्कली परीक्षार्थी भएर ट्रायल दिएकाले पोल खोलेपछि बिहीवार प्रहरीले नक्कली प्रवेश पत्र र नागरिकता लगायत लिखत तयार पारेको अभियोगमा पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका आरोपीहरुमा सिन्धुलीको दुधौली घर भई चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्‍ठ, तीनकुने बस्ने मनिष लामिछाने र टल्कुसिङ्ग तामाङ्ग रहेका छन् । उनीहरुसंगै कालिकोट घर भई भक्तपुरको कटुन्जे बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही र गोरखाका राज कुमार श्रीमललाई समेत प्रहरीले सार्वजनिक गरेको छ ।

    उनीहरुलाई नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिईएको र “लिखत सम्बन्धि कसुर” मा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी गराएका छन् ।

    नक्कली परीक्षार्थीलाई कारवाही गर्न स्पष्ट कानुन नहुँदा यातायात कार्यालयले पत्ता लागेका नक्कली परीक्षार्थी अनुसन्धान र कारवाहीको लागि प्रहरी समक्ष बुझाउने गरेको कार्यालय प्रमुख नेत्रप्रसाद भट्टाराईले बताएका छन् । उनले बताए अनुसार नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिलाउनेलाई कार्यालयले कानुनी दायरामा ल्याई ट्रायल दिनबाट बन्चित गर्ने गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...