News Portal

  • जम्बो टोली लिएर भक्तपुर आएका बालेनले गरे नगरपालिकाको प्रशंसा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ भदौं २०७९
    २७०६ पटक
    भक्तपुर, २५ भदौं २०७९

    काठमाडौ महानगरका मेयर बालेन्द्र साहको नेतृत्वमा जनप्रतिनिधिको एक जम्बो टोलीले भक्तपुरको अध्ययन भ्रमण गरेको छ । उक्त टोलीमा महानगर संग भगिनी सम्बन्ध स्थापित भएका बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, धनकुटाको पाख्रीबास नगरपालिका र डडेलधुराको अमढरगढी नगरपालिकाका प्रतिनिधि र केही बिदेशी पाहुना समेत सहभागी रहेका थिए ।

    ७५ जनाको विशेष टोलीले शनिबार भक्तपुरको दरबार क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गरेका नगर प्रमुखकी प्रेस संयोजक कीर्तिका प्रजापतिले बताइन । उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाको ब्यासीस्थित नगरपालिका सभाकक्षमा नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा रहेको टोलीले स्वागत गर्नुका साथै उनीहरु संगै भ्रमणमा सहभागी भएको थियो ।

    balen sah sunil prajapati

    balen sah sunil prajapati

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा सबै जनप्रतिनिधि वैज्ञानिक समाजवादप्रति आस्थावान रहेका जानकारी गराउदै भक्तपुरमा जनतालाई केन्द्रमा राखी नगरपालिकाले नीति बनाउने र लागू गर्ने गरेको प्रष्ट पारे । मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै संविधानले निर्दिष्ट गरेअनुरुप भक्तपुर समाजवाद उन्मुख बाटोतर्फ अगाडि बढिरहेको उनले बताए ।

    उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देखेको १०० वर्षपछिको भक्तपुरको परिकल्पनालाई साकार पार्न नगरपालिका प्रतिवद्ध रहेको प्रष्ट पार्दै विकास निर्माणमा भक्तपुर मोडल तयार पारेको जिकिर गरे । जुनसुकै काम ठेक्कामार्फत गराउनुपर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको बताउदै उनले भक्तपुरमा उपभोक्ता समितिमार्फत विकास निर्माण भैरहेको र स्थानीय जनता त्यसमा जोडिएकाले अपनत्व प्राप्त भएको दावी गरे ।

    ‘आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार भइरहेका छन्’ – उनले भने ।

    प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउदै स्थानीय सरकारहरुले निर्वाचनको समयमा दिएको वचनअनुसारको काम इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए । निर्वाचन विचारको प्रतिस्पर्धा हुनुपर्नेमा धन र डनको प्रतिस्पर्धा हुनु बिडम्बनाको विषय भएको बताउदै उनले सचेत जनताले सहि प्रतिनिधि पहिचान गर्नसक्ने हुँदा जनता सचेत पार्नुपर्ने समेत बताए ।

    भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको संक्षिप्त प्रस्तुतीकरण प्रस्तुत गर्दै कला संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्न लायक सहरको रुपमा विकास गर्न नगरपालिका अग्रसर रहेको जानकारी गराएकी थिइन् ।

    कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको भन्दै नेतृत्वको खुलेर प्रशंसा गरे । विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिदै भक्तपुरले गरेका प्रयास अनुकरणीय रहेको उल्लेख गरे ।

    कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानपा—नपाबीचको समन्वय र सहकार्य आगामी दिनहरुमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गरे । मूर्त र अमूर्त सम्पदाहरु काठमाडौं उपत्यकाको विशेषता नै रहेको बताउदै उनले भक्तपुर र बिराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको र मिलेर काम गर्न सक्ने बताए ।

    कार्यक्रममा उपप्रमुखको तर्फबाट रामग्राम नपा उपप्रमुख सम्झना चौधरी र भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि आफ्नो धारणा राखेका थिए ।

    उक्त भ्रमणमा काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानपासँग भगिनी सम्बन्ध भएका जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफलगायतको उपस्थिति थियो ।

    (सच्याइएको : शिर्षकमा जम्बो हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...