News Portal

  • आजदेखि नयाँ नोट साँट्न पाइने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२८ भदौ २०७९
    ४३५ पटक
    भक्तपुर,२८ भदौ २०७९

    आजदेखि दसैका लागि नयाँ नोट साँट्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले नोट साट्न सक्नेछन् । हाललाई काठमाडौं उपत्यकाभित्रमा यस्तो व्यवस्था गरिएको छ । उपत्यकाबाहिर भने असोज २ देखि नोट साट्न पाइनेछ ।

    नेपाल राष्ट्र बैंकले गत बिहीबार देखि नै बैंकहरुमार्फत बजारमा नयाँ नोट पठाउन सुरु गरेको थियो । एक पटकमा एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट साँट्न पाउने छन् ।

    सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साँट्न सक्नेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटहीको व्यवस्था मिलाइएको केन्द्रीय बैंकको भनाई छ । यो सुविधा असोज ७ गतेसम्म कायम रहनेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...