News Portal

  • सबै मन्त्रीहरूले बुझाए सम्पत्ति विवरण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३० भदौ २०७९
    ४८९ पटक
    भक्तपुर,३० भदौ २०७९

    प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । कार्यालयका अनुसार बुधबारसम्म सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका हुन् ।

    मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार यो आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई सम्पत्ति विवरण बुझाउन हिजोसम्मको समयसीमा थियो । उक्त अवधिमा मन्त्रिपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण बुझाएको जनाइएको छ । अब जतिसक्दो छिटो उक्त सम्पत्ति विवरण सार्वजनिक गरिनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण सार्वजनिक गरिने छ ।

    यही भदौ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट ‘वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...