News Portal

  • गम्भीर समुन्द्र सेतु माविमा ‘बाल साहित्य महोत्सव’

    भक्तपुरपोष्ट संवाददाता
    ७१९ पटक

    ललितपुर । ५८ औं राष्ट्रिय बाल दिवसका अवसरमा ललितपुर इमाडोलस्थित गम्भीर समुन्द्र सेतु माविले ‘बाल साहित्य महोत्सव’को आयोजना गरेको छ । विद्यालयले महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा नगरस्तरिय महोत्सवको आयोजना गरेको हो ।

    बाल साहित्य महोत्सवमा नगरपालिकाका सरकारी र निजी गरी १० विद्यालयको सहभागिता रहेको थियो । यस्तै कार्यक्रममा हरेक विद्यार्थीलाई तीनवटा खेलमा सहभागी भएर पुरस्कार जित्ने मौका दिइएको थियो । महोत्सवमा हिटिङ द ग्लास, मनस्टर, लक्की डिपलगायत ७ वटा खेल खेलाइएको मध्ये हरेक विद्यार्थीले कम्तिमा तीनवटा खेलमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

    महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले यस्ता बाल साहित्व महोत्सवले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रष्फुटनमा सहयोग पुग्ने बताए । आजका बालबालिका भोलिको देशका कर्णधार भएकाले उनीहरुले असल र जीवनोपयोगी शिक्षा पाउनुपर्ने बताए ।

    नगरपालिकाले पाँच वडामा बाल अधिकार संरक्षण समिति गठन गरिसकेको र अन्यमा पनि गठन गर्ने तयारी गरिरहेको भन्दै नगर प्रमुख श्रेष्ठले सिंगो नगरलाई नै बाल अधिकारमैत्री बनाउन लागिरहेको बताए । बाल अधिकार संरक्षणका लागि घरपरिवार हुँदै विद्यालय र पुरै नगर प्रतिबद्ध हुनुपर्ने भन्दै नगरका विद्यालयहरुलाई बालमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे । आजका बालबालिका भोलिका कर्णधार भएकाले उनीहरुलाई असल शिक्षा, नैतिकता, सामाजिक भावना र राष्ट्रियताको शिक्षा दिन सके भोलिको मुलुक समृद्ध बन्ने नगर प्रमुख श्रेष्ठले बताए ।

    गम्भीर समुन्द्र सेतु माविका विव्यस अध्यक्ष केदार कुमार केसीले बाल अधिकार संरक्षणमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए । केसीले बालबालिकामा फरक फरक क्षमता र प्रतिभा हुने भएकाले त्यस्ता अन्तर्निहित प्रतिभा प्रष्फुटनका लागि यस्ता बाल महोत्सवहरु प्रभावकारी र महत्वपूर्ण हुने धारणा व्यक्त गरे । आफूहरु विद्यालयलाई बालमैत्री बनाउन लागीपरेको उनको भनाइ थियो ।

    विद्यालयका प्रधानाध्यापक देवेन्द्र महर्जनले बाल अधिकार संक्षरण सम्बन्धी सचेतना फैलाउने र उनीहरुमा भएको अन्तर्निहित प्रतिभा प्रष्फुटन होस् भनेर बाल साहित्य महोत्सव आयोजना गरिएको बताए । विद्यालयले सिकाइ र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउँदै आएको महर्जनले बताए । विद्यालयले बालबालिकामा रहेका विभिन्न प्रतिभा प्रष्फुटनका लागि गतिलो आधारभूमि तयार पार्ने प्रयास गरिरहेको भन्दै प्रअ महर्जनले विद्यार्थीमैत्री र प्रविधियुक्त स्तरिय सिकाइका लागि प्रयासरत रहेको बताए । सबैले बालबालिकाको अधिकार संक्षणमा ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

    महोत्सवमा नेपाली, विज्ञान, गणित र इञ्जिनियरियरिङ विषयको विषयगत शैक्षिक प्रदर्शनीसमेत गरिएको थियो । यस्तै महोत्सवमा नगरका १५ सय बढी विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षासेवीलगायतको सहभागिता रहेको थियो । महोत्सवमा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...