News Portal

  • सूर्यविनायकमा बसको ठक्करबाट एकल महिलाको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ असोज
    ११०६ पटक
    भक्तपुर, ६ असोज

    भक्तपुरको सूर्यविनायकमा एक टुरिष्ट बसको ठक्करबाट एकल महिलाको मृत्यु भएको छ । पैदलयात्रा गरिरहेकी उनलाई सल्लाघारीबाट जगाती तर्फ जाँदै गरेको बा.१ प. १५५१ नं. को पर्यटक बोक्ने बसले बिहीवार बिहान ठक्कर दिंदा उनको ज्यान गएको हो ।

    ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी बस्ने वर्ष ७२ की दिलमाया श्रेष्ठ रहेकी छन् । बिहान करिब पौने ८ बजे बसको ठक्कर बाट घाइते दिलमायालाई उपचारको लागी डा. ईवामुरा अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा ८:१५ बजेको समयमा उनको ज्यान गएको डिएसपी राजु पाण्डेले पुष्टि गरे ।

    ठक्कर दिने बस र चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि १ घर भई हाल बालाजु बस्ने वर्ष २९ को बिनोद कार्कीलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...