News Portal

  • आतंक सिर्जना गर्ने समूह नसमातिएको विरोधमा प्रदर्शन

    भक्तपुरपोष्ट संवाददाता ९ असोज २०७९
    ५८८ पटक
    pradarsan ९ असोज २०७९

    नेकपा(एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतको घरमा पुगी परिवारलाई आतंकित पार्ने समूह नसमातिएको विरोधमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुर परिसरमा प्रदर्शन गरेका हुन् ।

    एकीकृत समाजवादीका जिल्ला नेताहरु र अध्यक्ष बस्नेतका शुभचिन्तकहरु प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले शान्तिसुरक्षा कायम गर्नुपर्ने, जनताको जिउधनको रक्षा गर्नुपर्ने, दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने, सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र संलग्न सबैलाई कानुनी कारवाही गर्नुपर्ने लगायत माग राखेका छन् ।

    भदौं २५ गते बिहान ३ बजे एक अराजक समूह डाका शैलीमा अध्यक्ष बस्नेतको गठ्ठाघर स्थित घरमा पुगेका थिए । आफैं ढोका फोरेर पसेको उक्त समूहले परिवारका सदस्यलाई सांघातिक आक्रमण गरेका र बस्नेतलाई खोज्दै उनी नभेटीएपछि धाकधम्की दिंदै निस्किएका बताइएको छ । उक्त घटनाबारे प्रहरीलाई जाहेरी दिएपनि कुनै कारवाही नभएको र २ साता बितिसक्दा पनि ५-६ जनाको उक्त समूहका एक जना पनि पक्राउ नपरेको प्रति प्रदर्शनकारीहरुले आक्रोश प्रकट गरेका छन् । उनीहरुले आइतवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष ज्ञापन पत्र प्रस्तुत गर्दै दण्डहीनता अन्त्य हुनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...