News Portal

  • संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ असोज २०७९
    १०९२ पटक
    durlabh thapaभक्तपुर, ११ असोज २०७९

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका छन् । संविधानको रक्षा गर्नु नै देउवा सरकारको प्रमुख उपलब्धी रहेको उनले दावी गरेका हुन् ।

    सोमबार सूर्यविनायक नगरसमितिले दशैँको अवसर पारेर कटुन्जेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कम्युनिष्टले देशमा शासन गर्न नसक्ने समेत जिकिर गरे । ”संविधान निर्माण गर्न पनि काँग्रेस नेतृत्वको सरकार सफल भयो, ओली प्रवित्तिको अन्त्य र संविधानको रक्षा गर्न पनि काँग्रेसकै नेतृत्व आवश्यक भयो ।” उनले भने ।

    नेता सिंहले दुई तिहाइ नजिकको केपी ओली सरकारले संघीयता लाई कमजोर पार्ने काम मात्र गरेको आरोप लगाए । प्रादेशिक र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न कानुन बनाउनुपर्ने बेला अनेक बखेडा झिकेर ओली सरकारले संघीयता कमजोर पार्ने मात्र नभई संसद विघटन मार्फत संविधान नै ध्वस्त पार्न खोजेको उनको भनाइ छ । नेता सिंहले संविधान लागू गर्न र देशलाई स्थिरतामा लैजान गठबन्धन बनेको हुनाले चुनावमा गठबन्धनप्रति इमान्दार हुन कार्यकर्तालाई आग्रह गरेका थिए ।

    उक्त कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरबाट निर्वाचित सांसद महेश बस्नेतले भक्तपुरकै बद्नाम गरेको आरोप लगाए । उनले सांसद बस्नेतलाई ब्यापारी, अपहरणकारी र गुण्डा नाइकेको रुपमा देशले चिन्दा भक्तपुरकै बद्नाम भएको भनेका थिए । भक्तपुरमा काँग्रेसले गरेको बिकास निर्माणमा एमालेले रफु भर्ने काम मात्र गरेको दावी गर्दै सभापति थापाले भक्तपुरको बिकास आफू एक्लैले गरेको भ्रम नछर्न सांसद बस्नेतलाई आग्रह गरे । उनले जनताको लागि नभई मुठीभर व्यक्ति र व्यवसायीको हितको लागि बाटो पीच गरेको सभापति थापाले आरोप लगाएका छन् ।

    कार्यक्रम संयोजक सुरेश केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य नगर सभापति निशान ढुंगेलको रहेको थियो । सचिव विश्वराम थापाले संचालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य रमा पौडेलले पनि मन्तब्य राखेकी नगर प्रवक्ता रमेश खड्काले जानकारी गराए । उक्त अवसरमा काँग्रेस नेता एवं बागमती प्रदेशका भौतिक योजना मन्त्री कृष्णलाल भडेल, नेता कविर राणा, चागुनारायणका मेयर जीवन खत्री, मध्यपुर थिमीका मेयर सुरेन्द्र श्रेष्ठ लगायतको आतित्थ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...