News Portal

  • दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ असोज २०७९
    ५११ पटक
    भक्तपुर, ११ असोज २०७९

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन गर्ने निर्णय गरिएको छ । चाडबाडमा हुनसक्ने यात्रुको असहजता अन्त्यको लागि सिडिओ रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको यातायात व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    जगाती लगायत स्थानमा यात्रु सहायता कक्ष रहने र यसले यात्रीलाई परेको समस्या तत्काल समाधान गर्ने बिश्वास व्यक्त गरिएको छ । भक्तपुरको बाटो हुँदै उपत्यका बाहिरिने यात्रुलाई समेत यसले सेवा दिने सहायक सिडिओ माधवप्रसाद शर्माले जानकारी दिए ।

    बैठकले सार्वजनिक यातायातको भाडामा गुनासो भएमा, दुर्व्यवहार वा सास्ती व्यहोर्नु परेमा गुनासो गर्नका लागि प्रहरीको नम्बर अनिवार्य टास गर्नुपर्ने व्यवस्था गरेको बताइको छ । सहायक सिडिओ शर्माले दिएको जानकारी अनुसार जनपद प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सार्वजनिक यातायातले यात्रीले देख्ने गरी सूचना राख्नुपर्ने निर्णय भएको छ ।

    सिडिओ रुद्रादेवी शर्माले सार्वजनिक यातायात जनतासंग जोडिएकोले नाफामुखी मात्र हुनु नहुने प्रष्ट पारेकी छन । उनले चाडपर्वको अवसर पारेर यात्रुलाई ठग्ने, दुर्व्यवहार गर्ने र अलपत्र पार्ने यातायात व्यवसायीलाई कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताएकी छन् । उनले भक्तपुरमा उपत्यका बाट बाहिरिने सवारी साधनको चापका कारण हुनसक्ने जामलाई हटाउन विशेष योजना बनाउने समेत बताइन । त्यसका लागि बैकल्पिक मार्गको अध्ययन गरिने र सम्भव भएसम्मको व्यवस्था गरिने उनले जानकारी गराइन । उनले दशैमा जिल्लामा आवतजावत सहज बनाउन सार्वजनिक सवारी थप्न ब्यवसायीलाई आग्रह गरेको समेत बताएकी छन् ।

    सिडिओ शर्माले भक्तपुरका व्यवसायीलाई उपत्यका बाहिर जाने सवारी साधनको अनिवार्य बीमा लगायत कागजपत्र दुरुस्त राख्न, क्षमता भन्दा बढी यात्रु नबोक्न, बढी भाडा असुल नगर्न र प्राविधिकरुपले शंका लागेका सवारी सडकमा नगुदाउन निर्देशन समेत दिइन ।

    उक्त अवसरमा ट्राफिक कार्यालयका प्रमुख राजु कार्कीले चाडपर्वमा जिल्लाको ट्राफिक व्यवस्थापनबारे योजना सुनाएका थिए भने यातायात व्यवस्था कार्यालयका प्रमुखले यस पटक उपत्यका बाहिर जाने सवारीले पटके पास लिन नपर्ने जानकारी गराएका थिए ।

    बैठकमा सशस्त्र प्रहरी बल नं.२२ गणका गणपती नरबहादुर रावतले यात्रुले बस कुर्नुपर्नेमा बसले यात्रु कुर्दा समस्या भएको भनेका थिए भने जिल्ला प्रहरी प्रमुख एसपी प्रजित केसीले सडक कार्यालय र स्थानीय सरकारको समेत सहयोग रहनुपर्ने आवश्यकता औल्याए ।

    बैठकमा उपभोक्ताबादी नेता मनोज थापा, यातायात व्यवसायीका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, सडक कार्यालय लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...

    नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए

    पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा शनिवार बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी...

    माओवादी समाजवादीको एकता हल्ला मात्रै : बुढाथोकी

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन्...

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings quickly and...