News Portal

  • रहेनन् सफाई अभियन्ता पौडेल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ असोज २०७९
    ५७३ पटक
    भक्तपुर, २९ असोज २०७९

    हनुमन्ते नदी सफाई अभियानका उत्प्रेरक एवं सामाजिक अभियन्ता रुद्र पौडेलको निधन भएको छ । शुक्रवार उनको असमायिक निधन भएको हो ।

    मथिनपा- १ लौहकिन्थली निवासी सामाजिक अभियन्ता पौडेल लामो समयदेखि मृगौला रोगले पिडित रहेका थिए । पाटन अस्पतालमा उपचार गराइरहेका उनलाई अस्पतालले शुक्रवार मृत घोषित गरिदिएको हो । ५७ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । शुक्रवार नै सामाजिक परम्परा अनुरुप पशुपतिको आर्यघाटमा उनको दाहसंस्कार सम्पन्न गरिएको बताइएको छ । उनको अन्तिम बिदाइका लागि भक्तपुरका नेता एवं पूर्व मन्त्री महेश बस्नेत लगायत अभियन्ताहरु आर्यघाट पुगेका थिए । अभियन्ता पौडेलको निधनले सफाई अभियानमा अपूरणीय क्षती भएको युवा अभियन्ता नरेश रन्जितले जनाएका छन् ।

    पौडेलका श्रीमती, १ छोरा र १ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...