News Portal

  • शिक्षक पदस्थापना गर्न केन्द्रको निर्देशन

    इभक्तपुर संवाददाताभक्तपुर, २४ कार्तिक २०७९
    ८५८ पटक
    भक्तपुर, २४ कार्तिक २०७९

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।

    केन्द्रले शिक्षक सेवा आयोगको कार्तिक १५ को निर्णय अनुसार माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागी सिफारिस भएका उम्मेदवारलाई नियुक्तिका लागि सम्बन्धित निकायमा पठाएको हो ।

    माध्यमिक तहमा छनोट भएका एक हजार १८४ जनालाई नियुक्तिको लागि सम्बन्धित निकायमा विवरण पठाइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

    शिक्षक सेवा आयोगले २०७८ माघमा माध्यमिक तहमा एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो । २०७८ चैतमा सामान्यतर्फको, असारमा विषयगत र कात्तिकमा सञ्चालन भएको अन्र्तवार्ताबाट छनोट भएका शिक्षकहरु सिफारिस भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...