News Portal

  • सवारी दुर्घटनामा परी एकको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ कार्तिक २०७९
    ४५४ पटक
     भक्तपुर, २७ कार्तिक २०७९

    भक्तपुरमा शनिबार साँझा सवारी दुर्घटना परि एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाईकल चालक उपचारकै क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक काभ्रेपलान्चोक पाँचखाल वडा नं. १ बस्ने २३ वर्षीय सन्दिप बस्नेतलाई उपचारको लागि डा. ईवामुरा अस्पताल लगिएको थियो ।

    शैनिक स्कुलबाट सल्लाघारीतर्फ गईरहेको बागमती प्रदेश-०२-०२८ प ७३९२ नं को मोटरसाईकललाई सल्लाघारीबाट शनिक स्कुलतर्फ जादै गरेको बा ७ च ०८१५ नं को कारले ठक्कर दिंदा सो दुर्घटना भएको हो ।

    दुर्घटनामा परेका दुवै साधन जुल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रण लिएको छ । भक्तपुर नगरपालिका वडा नं. ४ पोटरस्क्वायर बस्ने २० वर्षीय कारका चालक आयुस कायस्थ प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा छ ।

    प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको टोलि खटाइ घटनास्थलको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...