News Portal

  • पानी ट्यांकर र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु, एक गम्भीर घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२९ कार्तिक २०७९
    ४५७ पटक
     भक्तपुर,२९ कार्तिक २०७९

    सोमबार भक्तपुरको सल्लाघारीमा पानी ट्यांकर र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् ।

    कालोपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा प्र ०२ -०३१ प् ७८६२ नम्बर को मोटरसाइकल अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नम्बर को पानि ट्यांकरमा ठक्कर लाग्न जाँदा मोटर साइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई उपचारको लागि भक्तपुर अस्पताल लागेको र उपचारको क्रममा मोटरसाइकाल चालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका हुन् ।

    उनका अनुसार मृत्यु हुनेमा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारी रहेका छन् । मोटरसाईकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि –३ बस्ने २३ वर्षीय अनिल साहको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जनाए ।

    प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...