नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट चौथोपटक पनि निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् ।
तिब्र प्रतिष्पर्धामा रहेका उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरे । १ सय २९ को झिनो मतले मिश्र फेरिपनि हार व्यहोर्न बाध्य बने । अघिल्लो पटक पनि मिश्र उनी सिंहसंग हारको स्वाद चाखेका थिए ।
सिंहले २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । यो जितसँगै उनी चौथोपटक प्रतिनिधि सभामा निर्वाचित हुन सफल भएका छन् ।