News Portal

  • बालेनको हर्कतले देश र जनताको भलो हुँदैन : बस्नेत

    इभक्तपुर संवाददाता
    ३२४ पटक

    नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले बिकल्प बिना काठमाडौँ महानगरले सुकुम्बासी बस्तीमा डोजर लगाउन नहुने बताएका छन् । यसले भलो नगर्ने उनको भनाइ छ ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै बस्नेतले भनेका छन्, ‘कठ्याग्रिदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो हुँदैन, म फेरि पनि भन्छु उचित समयबिना विकल्प र बिना क्षतिपूर्ति, गरिब, सुकुम्बासी र साना व्यवसायीलाई उठाएर बिच्चल्ली बनाउन पाइँदैन ।’

    उनले जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि नगर प्रहरीहरु घाईते गराएर फाइदा लिने तत्व रहेको जिकिर गर्दै यसले जनता र देशलाई भने फाइदा नहुने बताए । उनले यस किसिमका हर्कत नगर्न समेत सरोकारवालालाई  चेतावनी दिएका छन् । सुकुम्बासी बस्ती हटाउन परिचालित नगर प्रहरी र बस्तीबासी बीच झडप हुँदा दुबै पक्ष घाइते भएका छन् भने नगर प्रहरी प्रमुख अस्पताल नै भर्ना भर्ना हुनुपरेपछि तत्कालका लागि महानगर पछि हटेको छ । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रहरी प्रमुख राजु पाण्डेलाई भेट्न काठमाडौ महानगरका मेयर बालेन साह अस्पताल पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...