News Portal

  • मौलिक शैलीका घरहरु भएका छुट्टाछुट्टै सहरहरु निर्माण गर्न सके पर्यटन क्षेत्र फस्टाउने: प्रमुख प्रजापति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ मंसिर २०७९
    ४२१ पटक
    भक्तपुर, १३ मंसिर २०७९

    नेपालमा मौलिक शैलीका घरहरु भएका छुट्टाछुट्टै सहरहरुको निर्माण गर्न सके पर्यटन क्षेत्र फस्टाउने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् । सोमबार सहरी विकास तथा भवन निर्माण विभागको सभाहलमा नेपाल सरकार सहरी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    भक्तपुर नपाका प्रमुख प्रजापतिले तीव्र रुपमा भइरहेको जनसंख्या वृद्धिसँगै हाम्रा सहरहरु कुरुप र बस्न अयोग्य बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरेव्का छन् । प्रदुषणरहित र व्यवस्थित शहर निर्माण आजको आवश्यकता रहेको उनको भनाई छ ।

    उनका अनुसार सहर भनेको धनीगरिब सबै बस्न योग्य हुनुपर्छ नाकी गरिब विस्थापित गरि धनीहरु मात्र बस्ने खालका “स्मार्ट सिटी” जुन नेपालको लागि आवश्यक छैन । विदेशी लगानी भित्र्याएर कमिशन खान लालायित योजनाविद्हरु र प्राविधिकहरुले आधुनिकताको नाउँमा विकृतिहरु भित्र्याई रहेको उनले बताए ।

    गाउँलाई सहर र गरिबलाई धनी बनाउने बागमती नपाको मुख्य लक्ष्य

    कार्यक्रममा बागमती नपाका प्रमुख भरतकुमार थापाले गाउँलाई सहर र गरिबलाई धनी बनाउने बागमती नपाको मुख्य लक्ष्य रहेको बताएका छन् । नपाले गरिबी निवारण, सीपमूलक तालिम सञ्चालन, व्यवसायिक र यान्त्रीकरण कृषिमा जोड, सहकारीमा आधारित साझेदारी, सुकुम्बासी व्यवस्थापन, सुत्केरी स्याहार पोषण भत्ताको व्यवस्था, नगरस्तरीय १५ शैय्याको अस्पताल निर्माणलगायतका योजनाहरु सञ्चालनमा रहेको उनको भनाइ छ ।

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. सुरेन्द्र लाभ कर्णले अधिकांश जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने देशमा अकस्मात ६२ प्रतिशत जनता नगरपालिकामा पर्ने गरी नगर घोषणाले योजना आयोगलाई काम गर्न समस्या भएको बताएका छन् । उनले एउटा सफा, सुन्दर र व्यवस्थित नमुना सहर निर्माण गर्ने आफ्नो सपना रहेको पनि उक्त अवसरमा जानकारी दिए ।

    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पिताम्बर शर्माले सहरी विकासमा स्थानीय प्रयास अत्यन्त महत्वपूर्ण भएको भन्दै स्थानीय तहको विकास कार्य दिगो बन्न स्थानीय जनताको अपनत्व आवश्यक रहेको चर्चा गरे । सहरी विकास योजनामा स्थानीय तहलाई परिचालन गर्नु चुनौतीपूर्ण भएको र सहरको फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहहरुले घरघरबाटै कुहिने/नकुहिने फोहोर अलग अलग संकलन गरी आफ्नै क्षेत्रमा व्यवस्थापन गर्न जोड दिनुपर्ने बताए ।

    कार्यक्रममा बोल्नुहुँदै सहरी विकास तथा भवन विभागका नि.सचिव पदमकुमार मैनालीले सहरी विकास मन्त्रालयबाट सहरी विकास ऐन तर्जुमा भई सहमतिको लागि कानुन, न्याय तथा संसदीय मन्त्रालयमा पेश भइसकेको अवगत गराएका छन् ।

    सोही कार्यक्रममा प्रस्तुत ख्वप इन्जिनियरिङ कलेजका छात्रा अन्जु महर्जन र पुर्वाञ्चल विश्वविद्यालयका आस्था आचार्यलाई उत्कृष्ट सोधपत्र पुरस्कार वितरण गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...