News Portal

  • कांग्रेसका शीर्ष नेता निर्वाचन आयोगमा : स्याङ्जा २ र बाजुरामा तत्काल मतगणना गर्न माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ मंसिर २०७९
    ४६७ पटक
     भक्तपुर, १३ मंसिर २०७९

    नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मंगलवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गरेका हुन् ।

    त्यस्तै बाजुराको पनि मत गणना गर्न उनीहरुले आग्रह गरेका छन् । काँग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

    प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेसका वरिष्ठ नेता पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य शुरु गर्न आग्रह गरिएको बताए ।

    उनले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताए । निर्वाचनको समय अवधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए ।

    ‘स्याङ्जा क्षेत्र नं. २ को मत गणना स्थगित भएको विषयमा निर्वाचन आयोगमा आएका हौँ । बाजुरामा पनि स्थगित गर्नु नपर्ने ठाउँमा स्थगित भएको छ । कयौँ ठाउँमा स्थगित गरेको सहज रुपमा फेरि गर्नु भनि भनिदिएको छ फेरि । स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार मत खसेको छ । त्यहाँ कुन मान्छे कहाँ छ भन्ने कुराको कुरा होइन, मतदाता नामावलीमा नाम भएका मानिसहरुको भोट खसेको छ । अर्कोकुरा त्यसलाई विधिवत रुपमा यो चुनाव भयो, मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीहरुले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन ।’ पौडेलले सञ्चारकर्मीहरुसँग भने,–‘ यसलाई रोकेर अर्को अनाधिकृत कमिटी बनाएर पठाएर त्यसको नाममा फेरि अर्को केही खेल गर्न खोजेको हो कि ? भन्ने हामीलाई लाग्यो । छानबिन समिति पठाएको नै गलत भयो । ५ बजेभित्र गरेर सबै सम्पन्न भइसकेपछि त्यो भित्र घटेको घटनामा छानबिन गर्ने हो । त्यो भित्र केही घटना घटेको छैन र केही भएको छैन भनेपछि ल्याएर कहाँ बाट कसले के उजुर गर्दैमा, बतासे उजुरले मत गणना रोक्नु हुँदैनथ्यो । यो गलत भएको छ । तुरुन्त मतगणना होस् । त्यसैगरेर बाजुरामा पनि तुरुन्त मत गणना होस् ।’

    स्याङ्जा २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका काँग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनैपनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना सुरु गर्नुपर्ने बताए ।

    उनले स्याङ्जा २ मा शान्तिपूर्ण रुपमा मतदान भएको बताए । ‘नियम, कानून बमोजिम, निर्वाचन ऐन निर्वाचन निर्देशिका बमोजिम निर्वाचनहरु सम्पन्न भएको थियो र बुथमा सबै दलका प्रतिनिधि साथीहरुले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बसेर मतदान गराएर, मुचुल्का उठाएर, सहि छाप लगाएर मत पेटिकाहरु मत गणनास्थलमा ल्याएर, त्यहाँ पनि मतपेटिकाहरु थन्क्याउने र अन्तिममा मुचुल्का उठाएर त्यसमा काँग्रेस, एमाले लगायत सबै दलले सहि गरेको अवस्था । त्यसपछि निर्वाचन अधिकृतले समेत आफ्नो किटानी रायमा त्यहाँ तत् तत् ठाउँहरुमा कुनै धाँधली नभएको, कुनैपनि बुथ कब्जा नभएको र कुनैपनि अशान्ति नभएको भनेर किटानी राय समेत दिइसकेको अवस्थामा समेत यसरी निर्वाचन आयोगले आजसम्म मत गणना नगरिदिएकोमा हामीले विशेष ध्यानाकर्षण गराएको छौँ’ गुरुङले भने, –‘छिट्टै आयोगले निष्पक्ष निर्णय गरेर मत गणना तर्फ नै निर्वाचन अधिकृतलाई निर्देशन दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

    गुरुङले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मत गणना गर्न निर्देशन दिने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...