News Portal

  • ‘कालिञ्चोक दर्शन’को आइपिओ खुला

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ मंसिर २०७९
    ३९३ पटक
    भक्तपुर, १४ मंसिर २०७९

    कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो ।

    कम्पनीले आफ्नो जारी पुँजी ६० करोडको दुई प्रतिशत अर्थात् एक करोड २० लाख मूल्य बराबरको कुल एक लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै जारी पुँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाखको १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशतले हुने एक लाख आठ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।

    निष्कासन गरेको शेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा यही मङ्सिर २८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस १४ गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम चार हजार नौ सय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

    त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मङ्सिर २८ गतेसम्म अधिकतम १० हजार आठ सय कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...