News Portal

  • मल आयात गर्ने ठेक्का स्वीस सिंगापुरलाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ मङ्सिर २०७९
    ५१८ पटक
     भक्तपुर, १८ मङ्सिर २०७९

    कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन मल आयात गर्ने ठेक्का स्वीस सिंगापुरलाई दिएको छ । कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक टनको कम्पनीलाई दिएको हो ।

    कम्पनीका अनुसार तीनवटा कम्पनीले बोलपत्रमा सहभागी भएकामा स्विस सिङ्गापुर कम्पनी छनोट भएको हो । मल आयातका लागि अर्थ मन्त्रालयबाट १६ अर्ब रुपियाँ सुनिश्चित भइसकेको छ । एक महिनाभित्र मल आयात गरिसक्ने भएकाले हिउँदेबालीका लागि मल अभाव नहुने कम्पनीको दाबी छ । हिउँदमा खासगरि गहुँ, मकै, आलु, तरकारी लगाइन्छ । यस वर्ष कृषि सामग्री कम्पनीले १० अर्ब ५० करोड रुपैयाँ बराबरको एक लाख ३० हजार टन मल आयात गरिसकेको छ । कम्पनीसँग हाल ३० हजार मेट्रिक टन युरिया र १८ हजार पाँच सय टन डीएपी मौज्दात छ ।

    मल खरिद गर्न कृषि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । थप १६ अर्ब रुपैयाँ स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिदका लागि ३१ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने अुनमान छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले पनि बढी परिमाण खरिद गरिने मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल युरिया प्रति टन ७५० डलर र डीएपी प्रति टन ८५० डलर छ ।

    नेपाल र भारतबीच सरकार–सरकारबीच (जीटूजी) भएको सम्झौताअनुसार ३० हजार टन रासायनिक मल अर्को साता आउने भएको छ । मल खरिद गर्न तीन अर्ब २६ करोड रुपैयाँ भारत पठाइसकेको छ । भारतले जीटूजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो ।

    जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार टन, तेस्रो वर्षमा एक लाख ९५ हजार टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...