News Portal

  • निःशुल्क सेवा र औषधी प्रदान गर्दै भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्र

    निशा कुस्मा भक्तपुर, २१ मंसिर २०७९
    १५५४ पटक
    भक्तपुर, २१ मंसिर २०७९

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापीलगायतका सेवाहरु नि:शुल्क प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । साथै केन्द्रले २३ प्रकारका औषधी नि:शुल्क र अन्य आवश्यक औषधीहरु स:शुल्क रुपमा पनि वितरण गर्दै आएको जानकारी दिएको छ ।

    कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वैकल्पिक चिकित्सा सेवाको रुपमा रहेको आयुर्वेदिक चिकित्साको प्रवद्र्धनका लागि सेवाप्रदायक निकाय, स्थानीय तहसँग सहकार्य र समन्वय गरी शिविर सञ्चालन गर्न आवश्यक रहेको बताएकी छन् । उनले जिल्ला प्रशासन कार्यालयका सेवाग्राहीलाई लक्षित गरी निकट भविष्यमा नै एउटा शिविर सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले आयुर्वेद हाम्रो जीवनसँग जोडिएको स्वास्थ्य सेवा रहेकोले यसको प्रवद्र्धनका लागि सबैले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्ने बताएका छन् । उनले आयुर्वेदिक चिकित्साको महत्त्व कति छ भन्ने कुरो कोभिड- १९ को महामारीका बेला अनुभूति भएको समेत बताए ।

    केन्द्रका प्रमुख डा.नरेन्द्र प्रसाद गिरीले गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लास्थित आयुर्वेदिक स्वास्थ्य केन्द्र र औषधालयहरुबाट कुल १४ हजार १४० जनाले ओपिडि सेवा लिएका थिए । जस मध्ये ८ हजार ९ सय ८४ जना महिला सेवाग्राही रहेका थिए ।

    केन्द्रले नियमित सेवा अन्तर्गत बहिरंग सेवामा विशेषज्ञ आयुर्वेद चिकित्सकहरुद्धारा बिरामी जाँच र परामर्श सेवा, पुर्वकर्म/पञ्चकर्म सेवा अन्तर्गत हाडजोर्नी तथा नशा रोग, दम, पिनाश, टाउको दुखाई, माईग्रेन, अनिन्द्रा, तनाव, उच्चरक्तचाप लगायतका सेवा प्रदान गर्दै आएको डा. गिरीले जानकारी दिए ।

    त्यसैगरी प्याथोलोजी ल्यावमा रगत, दिसा, पिसाव, खकार, वीर्यको परीक्षण, स्तनपायी आमा कार्यक्रम अन्तर्गत ६ महिनाभित्रका सुत्केरी आमालाई दुग्धवर्धक औषधिका साथै आवश्यक परामर्श सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि विशेष स्वास्थ्य सेवा प्याकेज प्रदान गर्दै आएको केन्द्रले जनाएको छ ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य शान्ता केसीले भक्तपुरमा दुई वटा आयुर्वेद औषधालय र तीन वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । उनका अनुसार चाँगुनारायण नगरपालिका वडा न. ७ बोगश्वरी, सूर्यविनायक नगरपालिका १० जोरपाटी र भक्तपुर नगरपालिका वडा न. ६ चोछेँमा नागरिक आरोग्य सेवा केन्द्र रहेको छ । त्यस्तै मध्यपुर आयुर्वेद औषधालय मध्यपुर थिमि वडा नं. १ लोहकिल्थली, खरिपाटी आयुर्वेद औषधालय चाँगुनारायण नगरपालिका ५, खरिपाटी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायकबाट आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको उनले जनाए ।

    अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव सञ्जिप घिमिरे शुभचिन्तक, सदस्य राजकुमार लामिछाने लगायतले आयुर्वेदिक स्वास्थ्य सेवाको प्रवद्र्धनका लागि स्वास्थ्य केन्द्रहरुको सेवा नियमित हुनुपर्ने, यसका फाइदा र उपचारका क्रममा प्राप्त सफलताको प्रचार प्रसार गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । रेडियो जनसञ्चार एफएमका सुरेश सायजुले भने आफु सेवाग्राहीको रुपमा बारम्बार स्वास्थ्य केन्द्र धाउँदा पनि डाक्टर भेट्न नपाएको गुनासो पोखेका थिए ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारीले केन्द्रले विगत दुई वर्षमा आयुर्वेद स्वास्थ्यको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको दावी गरेका छन् । यसको प्रवद्र्धनमा सबैको सहयोगको खाँचो रहेको उनले बताए । उनले जिल्लामा आयुर्वेद अस्पतालको खाँचो रहेको र यसको स्थापनाका लागि व्यवस्थापन समिति लागि परेको जानकारी समेत दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...