News Portal

  • स्वयंसेविकालाई नियमित तालिम दिन सिडिओ शर्माको निर्देशन

    निशा कुस्मा भक्तपुर, २१ मंसिर २०७९
    ६०७ पटक
     भक्तपुर, २१ मंसिर २०७९

    भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखालाई निर्देशन दिएकी छन् । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना गरेको सम्मान कार्यक्रममा उनले यस्तो निर्देशन दिएकी हुन् ।

    उनले विगत तीन दशकदेखि कार्यरत स्वयंसेविकाहरुको कार्य सर्वपरि रहेको र उच्च मुल्यांकन गर्न योग्य रहेको बताएकी छन् । थोरै रकमबाट धेरै सेवा दिएर समाजमा आफ्नो छुटै परिचय बनाउन सफल भएका स्वयंसेविकाहरु स्वास्थको मेरुदण्डको रुपमा रहेको सिडिओ शर्माको भनाइ छ । स्वास्थ्य केन्द्रबाट दिएको तालिम तथा परामर्शबाट सिकेका कुरालाई घर घर पुगी स्वास्थ्य सेवा दिनुपर्ने हुँदा तालिमले पुनर्ताजगी गराइराख्नुपर्ने उनले आवश्यकता औल्याएकी हुन् । स्वयंसेविकाहरुले एक लक्ष्य बोकी आफुले जानेबुझेका स्वास्थ्य सम्बन्धी सूचना एक लक्षित वर्ग सम्म पुर्याउने कार्य सराहनीय रहेको उनले बताइन ।

    उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुले मातृ तथा शिशु स्याहारको क्षेत्रमा उल्लेखनीय भूमिका निभाएको बताइन । राज्यलाई आवश्यक परेको हरेक अवसर तथा महामारीको समयमा समेत जिम्मेवारीका साथ कार्य गरेको उनले प्रस्ट पारिन् । सिडिओ शर्माले भनिन, “कोभिडको महामारी, डेंगु नियन्त्रण, निर्वाचनका बेला मतदाता शिक्षा प्रदान गर्ने, भिटामिन ए खुवाउने अभियान होस या पोलियो, हात्तिपाईले रोग विरुद्धको अभियान जस्ता सबै जसो कार्यमा महिला स्वास्थ्य स्वयम्सेविकाहरु अग्रसर रहेर ठूलो जिम्मेवारी बहन गरेका छन् ।”

    कार्यक्रममा जिल्ला समन्वय समितिक प्रमुख ईश्वरबहादुर थापाले महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेका योगदानको कदर राज्यले गर्न नसकेको गुनासो गरेका छन् । उनले स्वयंसेविकाहरुको सेवा सुविधा बृद्धिका लागि आवश्यक पहल आश्वासन समेत दिएका छन् ।

    जनस्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले स्वयंसेविकाहरुलाई सेवाग्राहीले गरेको प्रश्नमा आफू अल्मलिएर उत्तर नदिन आग्रह गरेको छन् । प्रमुख मिजारले स्वयंसेविकाहरुले गरेको योगदानबाट नै नेपालले मातृ तथा शिशु स्वास्थ्यमा अन्तरराष्ट्रिय पुरस्कार समेत पाउन सफल भएको बताएका छन् ।

    भक्तपुर स्वास्थ्य शाखा प्रमुख डा रत्नसुन्दर लासिवाले सम्मानित सबै स्वयंसेविकहरुलाई शुभकामना दिंदै आफुले हेरेर भन्दा पनि जानेर बुझेर गरे कमै मात्र समस्या निम्तन सक्ने बताएका छन् । उनले समय अनुसार उचित राज्यले उचित पारिश्रमिक दिने बिश्वास ब्यक्त गर्दै समाजले दिएको सम्मानलाई गुम्न दिन नहुने  सुझाएका थिए ।

    ३० जना महिला स्वयंसेविका सम्मानित          कार्यक्रममा भक्तपुर जिल्लाबाट उत्कृष्ट ३० जना महिला स्वयंसेविका सम्मानित भएका छन् । सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वयंसेविकाहरुले दिनरात, हिँउद वर्षा, जाडो गर्मी नभनी सेवामा खटिनुपर्ने भएकोले टर्च लाईट, छाता, बुट जुत्तालगायतको व्यवस्था गरिदिन माग माग गरेका छन् । बिगत ३ दशकदेखि कार्यरत स्वयंसेविका मधु खत्रीले औषधी औषधी मात्र नभनी नगरपालिकाले उपलब्ध गरेको औसधि मात्र वितरण गर्न साथीहरु माझ आग्रह गरेकी छन् । उनले भनीन, ” २०४५ सालमा स्वयंसेविका बनेर काम गर्न मान्छे खोज्नु पर्थ्यो । स्वयंसेविका बनाउ भन्दा दिदीबहिनीहरु भाग्थे ।” उनी भन्छिन, “हात्तिपाईले रोग विरुद्धको अभियान चलाउँदा घर घर पुगेर औषधी खुवाएको बेला बाटोमा एम्बुलेन्सको साइरन बज्यो कि ला अब कसलाई के भयो भनेर डर लाग्थ्यो, जिउ नै सिरिङ्ग हुन्छ ।”

    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको योगदानकै कारण नेपालमा मातृ तथा शिशु मृत्युदरमा कमी आएको र ग्रामिण भेगका सुत्केरी आमा, गर्भवति महिला र शिशुहरुको स्वास्थ्यमा सुधार आएको चर्चा गरेका छन् । अहिलेको परिवेशमा स्वयंसेविकाहरुको सेवा सुविधाले उनीहरुको योगदानकै खिल्ली उडाएको टिप्पणी गर्दै उनले नेपाल सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिने सेवा सुविधामा स्थानीय पालिकाहरुले पनि केही थप गर्नुपर्ने बताएका छन् ।

    कार्यक्रममा नेपाल रेडक्रसको प्रतिनिधित्व गर्दै आएका परशुराम पाण्डे, पत्रकार महासंघका संस्थापक अध्यक्ष रमेश खड्का, सचिव संजिव घिमिरे शुभचिन्तकलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संचालन भने जनस्वास्थ्य कार्यालयका अधिकृत दिपक अछामीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...