News Portal

  • लिटिल वर्ल्ड स्कूलका विद्यार्थीले बनाए य:मरी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ मंसिर २०७८
    ९४६ पटक
    भक्तपुर, २२ मंसिर २०७८

    भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीस्थित लिटिल वर्ल्ड स्कूलका विद्यार्थीहरुले य:मरी बनाएका छन् । नेवा: समुदायको सास्कृतिक पर्व य:मरी पुन्हीको अवसरमा आयोजित फूड फेस्टिबलमा उनीहरुले य:मरीको स्टल राखेका हुन् ।

    य: मरी नेवा समुदायमा मङ्सिर शुक्ल पूर्णिमाको दिन तयार पारिने एक प्रकारको विशेष रोटी हो । ‘यः’ भन्नाले नेपाल भाषामा सबैलाई मनपर्ने र ‘मरी’ भन्नाले रोटी भन्ने बुझिन्छ @। त्यसैले यमरीलाई मनपर्ने रोटी पनि भन्ने गरिन्छ ।

    य:मरी विशेष गरी नयाँ धानको पिठो बाट बनाउने गरिन्छ । नयाँ धानको पिठोमा तिल र चाकुको मिश्रण राखेर तयार पारिन्छ र पानीको बाफले मात्र पकाउने गरिन्छ ।        लिटिल वर्ल्ड स्कूलका निर्देशक प्रकाश दुवालले विद्यार्थीलाई चाडपर्वका विशेष परिकारको जानकारी दिनुका अलावा पाककलाबारे ज्ञान दिन र घरको भान्सामा सहयोगका लागि प्रेरित गर्न फुड फेस्टिबल आयोजना गरेको बताए । उक्त अवसरमा कक्षा ७ र ८ का विद्यार्थीले य: मरीका अलावा मम, पानीपुरी लगायत पक्वान्न तयार पारी स्टल मार्फत वितरण गरेका थिए ।                                                                                 

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...