News Portal

  • सूर्यविनायक नगरपालिकामा कृषी र आवासीय क्षेत्रको मापदण्ड सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ मंसिर २०७९
    १४०४ पटक
    भक्तपुर, २३ मंसिर २०७९

    सूर्यविनायक नगरपालिकाले उपयोगको दृष्टिकोणबाट जग्गा वर्गीकरण गर्दै सोको आधारहरु समेत सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सोकुरा सार्वजनिक गरेका हुन् ।

    प्रवक्ता सापकोटाले नगर क्षेत्र भित्र करिब १० प्रतिसत जमिनलाई कृषी क्षेत्रको रुपमा परिभाषित गरिएको प्रष्ट पारेका छन् । कृषी र गैर कृषी क्षेत्र तोक्दा मूख्य रुपमा सडक संजालको पहुँच र जमिनको विद्यमान अवस्थालाई आधार मानिएको उनको भनाइ छ । ”सामान्यतया बाटोको पहुँचमा नरहेको र खेती गरिदै आएको जमिनलाई कृषी क्षेत्र घोषणा गरिएको छ ।” उनले भने ।

    स्थानीय भू उपयोग परिषदले भू उपयोग क्षेत्र वर्गीकरणका लागि मापदण्ड स्वीकृत गरेको जानकारी गराउदै प्रवक्ता सापकोटाले जग्गा वर्गीकरणका लागि १० आधार तय गरिएको र सोहीबमोजिम कृषी र गैर कृषी क्षेत्र कायम गरिएको उनले बताएका छन् ।

    बसोबास योग्य गैर कृषी क्षेत्रलाई समेत व्यवसायिक र आवासीय क्षेत्रमा वर्गीकरण गरिएको छ । १० मिटर वा सो भन्दा बढी चौडाई भएको बाटोको दाया बायाँको जमिनलाई व्यवसायिक क्षेत्र भनिएको छ भने कम्तिमा ७५ मिटर पछाडिको जमिनलाई मात्र आवासीय बताइएको छ । १० मिटर भन्दा कमका बाटोमा रहेका जमिनलाई भने व्यवसायिकको परिभाषामा समेटिएको छैन ।

    नगरपालिकाले व्यवसायिक क्षेत्रलाई औद्योगिक क्षेत्र तोक्न सक्ने समेत बताइएको छ ।

    नेपाल सरकारले जग्गाको खण्डीकरण रोक्ने र कृषियोग्य जमिनको बचाव गर्ने उदेश्यले भूउपयोग ऐन २०७६ र नियमावली २०७९ जारी गरेको र सोको व्यवस्था बमोजिम एउटा प्रयोजनको भनी वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनमा उपयोग गर्न नपाइने बताइएको छ । यसका लागि स्थानीय सरकारलाई जग्गाको वर्गीकरण गरी नक्सामै देखाउन पर्ने व्यवस्था समेत गरिएको छ ।

    सूर्यविनायक नगर प्रवक्ता रवीन्द्र सापकोटाले शुक्रवारको पत्रकार सम्मेलनमा यथाशीघ्र नगर क्षेत्रको भूमिको वर्गीकरण लाई नक्सा मार्फत नै प्रस्तुत गर्ने जानकारी गराउदै त्यसले जग्गाधनीलाई आफ्नो जग्गा कुन वर्गमा परेको छ भन्ने सजिलै थाहा हुने जिकिर गरे । उक्त अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेल,वडा नम्बर २ का वडाध्यक्ष प्रदिप कार्की, प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद नेपाल लगायतको उपस्थिति रहेको थियो ।

         

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...