News Portal

  • काभ्रे बस दुर्घटनामा परेका १४ जनाको पहिचान खुल्यो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ मङ्सिर २०७९
    ४३७ पटक
     भक्तपुर, २८ मङ्सिर २०७९

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । मंगलबार साँझ ब्रतबन्धका लागि च्याल्टी पुगेर फर्किरहेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस पल्टदा उक्त हताहती भएको हो ।

    ज्यान गुमाउने १८ जनामध्ये १४ जनाको पहिचान खुलेको छ भने चार जनाको पहिचान अझै खुल्न सकेको छैन ।

    स्थानीयले दिएको जानकारी अनुसार घटनास्थलमै १३ जनाको ज्यान गएको थियो भने बस चालक ललितपुरको महांकाल घर भइ पनौती ४ बस्ने २२ वर्षका सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षका राजकुमार तामाङ, बनेपा-११ की ७९ वर्षकी निर्मला तामाङ, बनेपाकै ११ वर्षका योगेश तामाङ, ५० वर्षका अंकुर तामाङ, ४३ वर्षकी हेमा तामाङ, १० वर्षका पुष्कर तामाङ, २५ वर्षकी कोपिला तामाङ, ६ वर्षकी समिक्षा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    यस्तै, काभ्रेको मण्डन देउपुर नगपालिका–१ बस्ने ३७ वर्षकी जेली तामाङ, धुलिखेल नगरपालिका ११ बस्ने ३० वर्षका बुद्ध तामाङ, बेथानचोक गाउँपालिका ५ की ३२ वर्षकी मञ्जु तामाङ, बनेपा १४ बस्ने २८ वर्षकी गीता श्रेष्ठ र तेमाल गाउँपालिका ८ बस्ने २७ वर्षीया टिकालक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार २१ घाइतेको उपचार भइरहेको छ भने एकजना डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार सात जना घाइतेहरूको उपचार बनेपाको शीर मेमोरियल, नौ जनाको धुलिखेल अस्पतालमा र अन्य पाँच जनालाई भक्तपुर र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भईरहेको छ । घाइतेको उपचारमा केही पनि कमि हुन नदिने सिडिओ हुमकला पाण्डेले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...