News Portal

  • स्थानीय सरकारले विनियोजित बजेटको शतप्रतिशत उपयोग गर्नुपर्ने सिडिओ शर्माको भनाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ मङ्सिर २०७९
    ५५८ पटक
     भक्तपुर, २८ मङ्सिर २०७९

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संघ र प्रदेश सरकार भन्दा तुलनात्मकरुपमा स्थानीय सरकार स्थायित्व हुने भएकाले स्थानीय सरकारले विनियोजित बजेटको शतप्रतिशत उपयोग गर्नुपर्ने बताएकी छन् । चाँगुनारायण नगरपालिकाले बुधवार गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक तथा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकको प्रगति समिक्षा कार्यक्रममा सो विचार व्यक्त गरेकी हुन् ।

    उनले राज्यको शासकिय सुशासन र विकास निर्माणमा जनतालाई प्रत्यक्षरुपमा जोड्ने पुलको रुपमा रहेको स्थानीय सरकारको सेवा प्रवाहले नागरिकको राज्यप्रति विश्वास पैदा गर्ने भएकोले स्थानीय सरकारले नागरिक सुशासन, पारदर्शिता, जवाफदेहिता कायम राख्नुपर्नेमा जोड दिएकी छन् ।

    पहिलो चौमासिकमा पुँजीगत खर्च कम देखिएको टिप्पणी गर्दै संघ, प्रदेश र स्थानीय तहका योजना विनियोजन गर्दा दोहोरिने समस्या रहेको उनले बताए । उनले सामाजिक क्षेत्रलाई बढी ध्यान दिँदा भौतिक पुर्वाधारलगायतका योजना कार्यान्वयनमा कमी आउन सक्नेतर्फ स्थानीय तह सचेत रहनुपर्ने जानकारी दिए ।

    सार्वजनिक जग्गा अतिक्रमण गरेका उजुरी धेरै आउने गरेको जनाउँदै उनले सार्वजनिक जग्गाको एकिन गरी त्यसको संरक्षणका लागि स्थानीय तहले ठोस कदम चाल्नुपर्ने सुझाव दिएकी छन् ।

    यस्तो छ चाँगुनारायण नगरपालिकाको चौमासिक प्रगति समिक्षा

    चाँगुनारायण नगरपालिकाको आर्थिक प्रशासन शाखाले गत आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६७ दशमलव ४९ प्रतिशत खर्च भएको जानकारी दिएको छ । चाँगुनारायण नगरपालिकाले गत आर्थिक वर्ष चालुखर्च तर्फ ८१.४४ प्रतिशत अर्थात ७३ करोड ४५ लाख ५८ हजार ३४ रुपैंया विनियोजन गरिएकोमा ५९ करोड ८२ लाख ४३ हजार ४ सय पाँच रुपैंया खर्च गरेको थियो भने पुँजीगत तर्फ ६७ दशमलव ४९ प्रतिशत खर्च भएको थियो । पुँजीगत तर्फ एक अर्व २६ करोड ४४ लाख ८६ हजार ७ सय ५० रुपैंया विनियोजन गरिएकोमा ८५ करोड ३४ लाख ९८ हजार ८ सय ९८ रुपैंया खर्च भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...