News Portal

  • राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ पुस २०७९
    ३२९ पटक
    भक्तपुर, ३ पुस २०७९

    सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

    पुस्तकमा उप्रेतीको जीवनको आरोह अवरोह, सहकारी र निजी जीवनका प्रेरणादायी घटनाहरुका साथै सहकारी क्षेत्र सम्वद्ध व्यक्तिहरुको उनीसँगको अनुभव समेटिएको छ । २०५२ सालदेखि सहकारी क्षेत्रमा अनवरत संलग्न उप्रेती प्रारम्भिक संस्था, जिल्ला सहकारी संघ हुँदै सहकारी बैंकको अध्यक्ष बनेका हुन् भने राष्ट्रिय सहकारी महासंघको समेत सञ्चालक हुन् ।

    पत्रकार पुरुषोत्तम दाहालले आत्मकथाको समिक्षा गरेका थिए । उनले उप्रेतीको आत्मकथामा इमान्दारिता देखिएको चर्चा गरे । दाहालले पुस्तक सहकारीकर्मी र अन्य क्षेत्रमा लाग्नेहरुका लागि पनि प्रेरणा बन्ने बताए । मुखियाको परिवारमा जन्मेर पनि उप्रेतीले जीवनमा गरेका संघर्ष धेरैका लागि अनुकरणीय हुन सक्छन्, दाहालले भने, ‘जीवनका विभिन्न क्षेत्रमा कसरी लागियो, कहा कस्तो संघर्ष भयो, विशेष गरी सहकारी क्षेत्रको योगदान, स्मरण र भूमिकालाई प्राथमिकता दिइएको छ ।’

    पुस्तक लोकार्पण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व मन्त्री लिलामणी पोखरेलले उप्रेतीले सहकारी क्षेत्रमा खेलेको भूमिका आफुहरुलाई जानकारी भएको चर्चा गर्दै उनको आत्मकथाले नेपालको सहकारी अभियानलाई सही बाटोमा ल्याउन सहयोग पुर्याउने बताए ।

    ‘नेपालको सहकारी अभियान सही बाटोमा अझै जान सकेको छैन, उप्रेती र उनी जस्तै अभियानकर्मीहरुको सक्रियता र राजनीतिकदल तथा सरकारको सहयोगमा यसलाई विपन्न वर्गका जनताको सारथी बनाउन सबै लाग्नु पर्छ,’ पोखरेलको भनाइ थियो ।

    नेकपा एमालेका पोलिटव्यूरो सदस्य, सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कलम चौलागाईले सहकारी अभियानलाई सबैको साझा बनाउनका लागि केबी उप्रेतीको भूमिका प्रभावकारी रहेको आफुले पाएको बताए । व्यवसायिक रुपमा सबैलाई मिलाएर अभियानलाई अगाडि बढाउन उप्रेतीको भूमिकाका बारेमा सबैको सकारात्मक भावना पाएको भन्दै उनले सबै मिलेर सहकारी अभियानलाई जोगाउनु पर्नेमा जोड दिए ।

    सहकारी क्षेत्र अहिले संकटमा रहेको भन्दै उनले यसलाई जोगाउन राज्य र अभियानको प्रभावकारी भूमिका हुनु पर्ने जिकिर गरे । राज्यले सहकारीको संकट समाधानमा चासो नदेखाएको गुनासो समेत उनले गरे ।

    राष्ट्रिय सहकारी बैंकका सल्लाहकार राधा घलेले पुस्तकका बारेमा धारणा राख्दै केवी उप्रेतीलाई नेपालका सहकारीकर्मीहरुले साझा नेताका रुपमा चर्चा गर्ने गरेको आफुले जानकारी पाएको बताइन् । उनले अभियानमा संलग्न सबै विचारधाराका अभियन्ताहरुले उप्रेतीका बारेमा सकारात्मक र सबैलाई मिलाएर अगाडि बढ्ने व्यक्तिका रुपमा चित्रित गर्ने गरेको बताइन् ।

    पुस्तकका लेखक उप्रेतीले सहकारी अभियान लगायत जीवनका उकाली ओरालीहरुको संगमका रुपमा आत्मकथालाई लिएको बताए । उनले आफ्नो जीवनमा घटेका घट्ना, गरेका काम र अनुभवका बारेमा आफुले बोलेको र पत्रकार खिलानाथ दाहाल र काजी श्रेष्ठले पुस्तकलाई लिपीवद्ध गरेको जानकारी गराए ।

    पुस्तकको पहिलो खण्डमा उप्रेतीको व्यक्तिगत जीवनका बारेमा लेखिएको छ । गाउँबाट आएको कृष्ण काजी हुँदै एसएलसीमा सहभागी, स्ववियू सभापति देखि दुई सन्तानको पितासम्म उल्लेख गरिएको छ । यही खण्डमा राजनीति देखि पत्रकारिता जोडिएको छ भने दोस्रो खण्डमा सहकारी खण्ड भनेर २५ वटा विषय उल्लेख गरिएको छ । अन्तिम खण्डमा केबी उप्रेती पात्र एक, प्रसंग अनेक भन्दै केबी उप्रेतीका बारेमा २२ जना सहकारी अभियन्ताहरुको धारणा समेटिएको छ । पुस्तक नेचुरल मिडिया प्रा.लि. र ग्रुप अफ वर्तमान मिडिया प्रा.लि.ले प्रकाशन गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...