फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले हासिल गरेसँगै विश्व विख्यात ब्राण्ड एडिडास पनि विजयी हात परेको छ । एडिडासले अर्का विश्व विख्यात ब्राण्ड नाइकलाई पराजित गरेको हो ।
दुई ठूला स्पोर्ट्सवेयर कम्पनीबीच भएको प्रतिस्पर्धामा अर्जेन्टिनालाई प्रायोजन गर्दै आएको एडिडास विजयी प्राप्त गरेको हो । एडिडास लामो समयदेखि अर्जेन्टिना राष्ट्रिय टोलीको प्रायोजक रहँदै आएको छ । यस्तै, फ्रान्सको राष्ट्रिय टोलीलाई नाइके इन्कले प्रायोजन गर्दै आएको छ ।
यस वर्षको विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये नाइकेले १३ र एडिडासले ७ टोलीमा उपलब्ध गराएको थियो ।