News Portal

  • माओवादी केन्द्रको पहलमा ७५ लाखको बिकास, अनुगमन गर्दै नेता ढकाल

    भक्तपुर, १३ पुस २०७९
    ७८४ पटक
    भक्तपुर, १३ पुस २०७९

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ स्थित वाइसियल मार्गमा भईरहेको सडक निर्माण कार्यबारे नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले स्थलगत अनुगमन गरेका छन् । नेता ढकालकै पहलमा बजेट बिनियोजन भई निर्माण कार्य अघि बढेको सडकको उनले स्थलगत अनुगमन गरेका हुन् ।

    तत्कालिन माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उसको युवा संगठन वाइसियलले भक्तपुरको र खासगरी चाँगुनारायणको बिभिन्न ठाउँमा बाटोको ट्रयाक खोल्ने कार्य गरेकाले ती बाटोहरु वाइसिएल मार्गका रुपमा परिचित छन् । पछिल्लो समयमा भक्तपुरमा माओवादी पार्टी सांगठनिक रुपमा कमजोर हुँदा कतिपय ठाउँमा बाइसियलको नाम हटाएर स्थानीय सरकारले अन्य नामकरण गरेको देखिन्छ भने कतिपय ठाउँका बाटोहरु उपेक्षामा परेका पनि देखिन्छन ।

    वडा नम्बर ८ को सुडाल स्थित वाइसिएल मार्गको इतिहास कायम राख्न र स्थानीयलाई थप सुविधा दिन पार्टीका केन्द्रीय सदस्य डिपी ढकालले यस बाटोको बिस्तार र स्तरउन्नतीका लागि पहल गरी करिब ७५ लाख बजेट व्यवस्था गर्न सफल भएको स्थानीय माओवादी नेता मदन श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठले दिएको जानकारी अनुसार संघीय सरकारबाट ५५ लाख र बागमती प्रदेश सरकारबाट २० लाख गरी ७५ लाख वजेटमा निर्माण कार्य भई रहेको छ । यस बजेटबाट बाटो सिमाङ्कन, पर्खाल र ग्राभलिंङ् लगायतको काम सम्पन्न गरिने उपभोक्ता समितिका अध्यक्ष एवं माओवादी केन्द्रका चाँगुनारायण नगर उपाध्यक्ष बिनोद लामिछानेले बताए ।

    बुधवार अनुगमनका क्रममा नेता ढकालले बजेटको चिन्ता नगरी निर्माणलाई बलियो र प्रभावकारी बनाउन निर्देशन दिएका थिए । उनले अधिकत्तम जनता लाभान्वित हुनेगरी कार्य गर्नुपर्नेमा उपभोक्ता समितिलाई निर्देशन दिंदै दोश्रो चरणमा पिचको लागि पनि पहल गर्ने प्रतिवद्धता प्रकट गरे । अनुगमनमा पार्टीका स्थानीय नेताहरु, उपभोक्ता समितिका पदाधिकारी र स्थानीय अगुवाहरु समेत सहभागी रहेका थिए । उक्त अवसरमा स्थानीयले नेता ढकाल र माओवादी केन्द्र प्रति बिकास निर्माणमा सक्रियता देखाएको प्रति कृतज्ञता ब्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...