News Portal

  • भक्तपुरका सरकारी कार्यालयमा सिडिओको छड्के, सेवा प्रवाहमा लापरवाही नगर्न निर्देशन

    भक्तपुर, १४ पुस २०७९
    ६७५ पटक
    भक्तपुर, १४ पुस २०७९

    उप प्रधानमन्त्री समेत रहेका गृह मन्त्री रवी लामिछानेले गृह मन्त्रालय सम्हालेपछि गृह प्रशासनले समेत लामिछाने शैली समातेको देखिएको छ । भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा २ दिनमै भक्तपुरको आधा दर्जन बढी सरकारी कार्यालय छड्केमा परेका छन् ।

    बुधवार देखि आकस्मिक रुपले सरकारी कार्यालयको अनुगमनमा उत्रिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र सल्लाघारीको यातायात सेवा कार्यालय त्यसैगरी नापी, भूमिसुधार र मालपोत कार्यालय लगायत ७ वटा सेवाग्राहीको अत्याधिक चाप रहने सरकारी कार्यालयहरुको आकस्मिक अनुगमन गरेको हो । श्रोतका अनुसार अनुगमनका क्रममा ७ वटा कार्यालयमा गरी १८ जना कर्मचारी बिना सूचना अनुपस्थित रहेका पाइएको छ भने २७ जनाले निर्धारित समयमा हाजिर गरेका छैनन् । त्यसैगरी कार्यालय पोशाकमा नरहेका १८ कर्मचारी पनि छड्केमा परेका छन् ।

    श्रोतका अनुसार सिडिओ शर्माले कर्मचारीलाई सचेत गराउनुका साथै बिना सूचना अनुपस्थित रहेका १८ जना कर्मचारीलाई कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरेकी छन् । त्यसैगरी उनी नेतृत्वको टोलीले सेवाग्राही संग सेवा प्रवाहको विषयमा समेत प्रतिक्रिया लिनुका साथै काममा आलटाल गर्ने आरोप लागेका केही कर्मचारीलाई निगरानीमा राखेको बताइएको छ ।

    सिडिओ कार्यालयकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडाले भक्तपुर पोस्ट संग कुरा गर्दै जिल्लाका सरकारी कार्यालयहरुमा अनुगमन गरिएको पुष्टि गरेकी छन् । तर, उनले यो जिल्ला प्रशासन कार्यालयको नियमित प्रक्रिया भएको दावी गरिन । ” हामीले नियमित अनुगमन गरेका हौँ, सेवाग्राही मैत्री सेवा प्रवाह भए नभएको बारे अनुगमन गरिएको हो ।” उनले भनिन् ।

    भक्तपुर सिडिओ रुद्रादेवी शर्माले कार्यालयहरुमा सूचना अधिकारीको व्यवस्था गरिएको, हेल्प डेस्क राखिएको, उजुरी पेटिका रखिएको, प्रतिक्षालयको व्यवस्था गरिएको, सरसफाई र खानेपानीको उचित प्रवन्ध मिलाइएको पाइएको बताउदै सेवा प्रवाह सन्तोषजनक रहेको जिकिर गरिन । ”हामीले कर्मचारीलाई तर्साउन अनुगमन गरेका होइनौं, कर्मचारीको मूल्यांकन र सेवा प्रवाह प्रभावकारी बनाउन अनुगमन गरिएको हो ।” उनले भनिन ।

    काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाही गर्ने जिप्रकाको अधिकार र दायित्व भएको भन्दै सिडिओ शर्माले कार्यालय समयमा काम नगर्ने र सेवाग्राहीको काममा आलटाल गर्नेलाई कारवाही गर्न अनुगमन गरिराख्नु नपर्ने र सेवाग्राहीको गुनासो आए त्यस्ता कर्मचारीलाई तुरुन्तै कारवाही गरिने पनि जिकिर गरिन । उनले सेवाग्राहीको गुनासोलाई सम्बन्धित कार्यालयका गुनासो सुन्ने अधिकारीले सम्बोधन नगरे सिडिओ कार्यालयको ढोका सधै खुला रहेको बताउदै त्यस्ता गुनासा तत्काल सुनुवाई हुने समेत प्रतिक्रिया दिएकी छन् ।

    अनुगमन गरिएका कार्यालयका कर्मचारीले भने आफूहरु काममा व्यस्त भएकाले हाजिर गर्न नपाएको र आकस्मिक अनुगमनमा परिएको बताएका छन् । अनुगमनका क्रममा सेवा प्रवाहलाई छिटो छरितो र प्रविधिमैत्री बनाउन सिडिओ शर्माले दिएको निर्देशनको पूर्ण पालना हुने कार्यालय प्रमुखहरुले प्रतिवद्धता प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...