News Portal

  • हाइवेका होटलबारे सूचना दिन भक्तपुर एसपीको आग्रह

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ पुस २०७९
    ४११ पटक
    भक्तपुर, १९ पुस २०७९

    भक्तपुर प्रहरी प्रमुख रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरस्थित अरनिको हाइवेका होटलहरुमा बेश्याबृत्ती भएको थाहा पाएमा सूचना दिन आग्रह गरेका छन् । प्रहरीले होटलहरुमा निगरानी गरिराखेको दावी गर्दै उनले बेश्याबृत्तीको सूचना पाए त्यस्ता संचालकलाई कार्वाही गर्न कुनै कसर बाकी नराख्ने बताएका हुन् ।                                                                                                                                                                         मंगलवार पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा अनावश्यक छापा हानेर होटल ब्यवसायलाई धरासायी नबनाउने प्रष्ट पार्दै एसपी केसीले बेश्याबृत्तीमा संलग्न भएको सूचनाका आधारमा मात्र आफूहरूले छापा हान्ने जानकारी गराएका छन् । उनले कुनैपनि ब्यवसायीबाट प्रहरीले अनुचित लाभ नलिएको जिकिर गर्दै प्रहरी संगठनलाई कुनै सहयोग गरेकै आधारमा कसैलाई पनि कानुन बिपरित कार्य गर्न उन्मुक्ति नहुने समेत बताए । उनले त्यस्तो कार्य भएमा जनता सामू लैजान पत्रकारलाई चुनौती समेत दिए ।                                                                                                                                                        एसपी केसीले परिसर पत्रकारमैत्री रहेको जिकिर गर्दै सूचना लुकाउने आफ्नो कुनै नियत नरहेको स्पष्ट पारे । अपराध नियन्त्रणमा पत्रकारको भूमिका र महत्व बारे आफूले राम्ररी बुझेको बताउदै उनले कुनै पनि सूचना चाहिए रातको २ बजेसम्म आफूलाई सिधा सम्पर्क गर्न सकिने समेत जानकारी गराए । पत्रकार सूचनाको श्रोत भएको भन्दै उनले आफूसंग भएका सूचना दिएर अपराध नियन्त्रण र न्यूनीकरणमा सहयोग गर्न समेत पत्रकारलाई आग्रह गरेका छन् ।                                                                                                                 एसपी केसीले भक्तपुरको आफ्नो ५ महिने कार्य अवधीमा जघन्य अपराधका घटनामा कमी आएको र सिभिलमा प्रहरी परिचालन गरि चोरी, दुर्ब्यसनी नियन्त्रणमा उल्लेख्य उपलब्धि हासिल गरेको  खुलासा गर्दै फरार अपराधी समात्न विशेष अभियान नै चलाउदा हालसम्मकै रेकर्ड तोड्दै ५ महिनामै १ सय ६८ फरार अपराधी समात्न सफल भएको बताए । उनले आगामी दिनमा अपराध नियन्त्रणमा पत्रकार संग थप सुमधुर सम्बन्ध बनाएर एक अर्काको परिपुरकको रुपमा अघि बढ्ने प्रतिवद्धता समेत प्रकट गरे ।                                                                                                                                                  उक्त अवसरमा परिसरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डे त्यसैगरी जिल्ला प्रहरी बृत्त थिमिका प्रमुख रहेका डिएसपी हरिनन्दन चौधरी र जगाती बृत्तका प्रमुख रहेका डिएसपी राजकुमार श्रेष्ठले पत्रकार संग भएका सूचना र बिगतका अनुभवले अपराध अनुसन्धान र नियन्त्रणमा थप प्रभावकारी हुने बिश्वास ब्यक्त गरे । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले महासंघ प्रहरी र पत्रकारबीच पुलको रुपमा रही कार्य गर्न प्रतिवद्ध रहेको प्रष्ट पारेका थिए । अन्तरक्रियामा महासंघका सचिव संजीप शुभचिन्तक, सहसचिव हेमराज ढकाल, सल्लाहकार रमेश गिरी, त्यसैगरी सदस्य हरिसुन्दर छुकां, कृष्ण किसि, सुरेश सायजू,लक्ष्मी गारु, कृष्ण प्रजापति, आशिष पौडेल लगायतले सक्रियतापूर्वक सहभागिता जनाएका थिए । अन्तर क्रियाबाट  प्रहरीले सूचना नदिने र पत्रकारले समाचार नदिने हो भने शान्ति सुरक्षाको विषयमा सर्वसाधारणले जानकारी पाउन नसक्ने भन्दै प्रहरी र पत्रकारबीचको पेशागत सम्बन्धलाई थप मजबुत र बिश्वासिलो बनाउन सहकार्य गर्नुपर्ने निष्कर्ष निकालिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...