News Portal

  • भक्तपुर सिडिओ कार्यालयमा समय कार्ड शुरु : सिफारिस लिन १५ मिनेट, ४५ मिनेटमा नागरिकता

    भक्तपुर, २२ पुस २०७९
    १५६८ पटक
    bhaktapur cdoभक्तपुर, २२ पुस २०७९

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवा प्रवाहमा समय कार्ड शुरु गरेको छ। छिटो छरितो र प्रभावकारी सेवा प्रवाहका लागि शुक्रवार बाट समय कार्ड शुरु गरिएको हो । कार्यालयले सेवाको समयअवधि नै तोकेर सेवा शुरु गरेपछि सेवाग्राही समेत खुशी देखिएका छन् । सेवाग्राहीले यसको निरन्तरता हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

    जिल्ला प्रशासन कार्यालयकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेवा प्रवाहलाई थप विश्वासिलो र प्रभावकारी बनाउन समय कार्ड अनुसार सेवा शुरु गरिएको बताइन । प्रमुख जिल्ला अधिकारी शर्माले सेवाग्राहीलाई कार्यालयले दिएको समयमा काम सम्पन्न नभएको गुनासो आए आफूले तुरुन्तै सुनुवाई गर्ने समेत जनाएकी छन् ।

    जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको १ दर्जन सेवामा समय कार्ड अनुसार सेवा दिन थालिएको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी गराएका छन् । उनले दिएको जानकारी अनुसार नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई ४५ मिनेट भित्र नागरिकता उपलब्ध गराउने समयसीमा तोकिएको छ । त्यसैगरी संस्था नवीकरणका लागि ३० मिनेट, जनजाति, दलित, मधेसी लगायत सिफारिस १५ मिनेट, राहदानीको इनरोल् मेन्ट ३० मिनेट, र राहदानी वितरणका लागि १५ मिनेट तोकिएको छ ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचय पत्रको विवरण दर्तालाई ३० मिनेट र राष्ट्रिय परिचय पत्र वितरण लाई १५ मिनेटमा सेवा प्रदान गर्ने सहायक सिडिओ शर्माले बताए । त्यसैगरी मुद्दा पेशी र तारिख १५ मिनेट, फैसला बढीमा ६० दिन, नाबालक प्रमाण पत्र दिन ४५ मिनेट लाग्ने बताइएको छ । पेन्सन सिफारिसका लागि १ घण्टा र हातहतियार नवीकरण आधा घण्टामा गर्ने गरी समय तोकिएको छ ।

    समय कार्ड अनुसार सेवा प्रवाह गर्दा सेवा थप प्रभावकारी भएको र सेवाग्राही समेत सन्तुष्ट देखिएका प्रशासकीय अधिकृत उर्मिला खतिवडाले बताएकी छन् । कर्मचारीलाई समेत यसले जिम्मेवार बनाएको बताउदै उनले समय व्यवस्थापनको दृष्टिले पनि यो सेवाप्रवाहका लागि बैज्ञानिक तरीका भएको बिश्वास व्यक्त गरिन । सेवाका लागि अनावश्यक हतार गर्ने सेवाग्राहीका लागि समेत यो बिधि उत्तम भएको कर्मचारीले प्रतिक्रिया दिएका छन् ।

    आवश्यक कागजपत्र पुरा नभएका सेवाग्राहीले भने आवश्यक कागज पुर्याएपछि मात्र समय कार्ड शुरु हुने जिप्रकाले जनाएको छ ।समय कार्ड शुरु हुनु अघि प्राथमिकतामा सेवा पाइरहेका अपाङ्गता भएका, असक्त, जेष्ठ नागरिक, दुधे बच्चा बोकेको महिला लगायतलाई प्राथमिकतामै राखी सेवा गरिने व्यवस्था मिलाइएको छ भने कार्यालयमा आउँन नसक्ने अवस्थामा रहेका अपाङ्गता भएका नागरिकका लागि घरमै पुगी सेवा दिने व्यवस्था लाई निरन्तरता दिइएको जिप्रकाले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सेवालाई थप प्रभावकारी बनाउन र लाइनमा घन्टौं कुर्नुपर्ने अवस्था अन्त्य गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि उपत्यकाका तीन वटै जिल्लामा समय कार्ड शुरु गरिएको हो । धेरै वटा सेवामा समय कार्ड लागू गर्ने जिल्ला भने भक्तपुर भएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...