News Portal

  • नगरकोटको श्री युवा साकोसमा नयाँ नेतृत्व

    भक्तपुरपोष्ट संवाददातानगरकोट, २३ पुस २०७९
    ८६५ पटक
    नगरकोट, २३ पुस २०७९

    चाँगुनारायण-६ नगरकोट स्थित श्री युवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २४औ साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ ।

    अधिवेशनबाट ११ सदस्यीय संचालक समिति निर्वाचित गरिएको छ । अध्यक्ष प्रकाश बास्ताेलाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सस्थाको उपाध्यक्ष सबिता खत्री सचिवमा जयराम बास्ताेला, काेषाध्यक्षमा सुजिन्द्र मुनन्कर्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा धर्मराज गिरी, करुणा राउत क्षेत्री, दुर्गा थापा लामिछाने, आश्विन गिरी, दिनेश लामिछाने, सफल तामाङ र रामकुमार नेपाल निर्वाचित भएका नव निर्वाचित सचिव जयराम बास्तोलाले बताए । ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति संयाेजकमा गाेविन्द ढुङ्गाना सदस्यहरुमा उषामाया तामाङ र प्रदिप अधिकारी सर्वसम्मत निर्वाचित भएका समेत सचिव बास्तोलाले बताएका छन् ।

    उक्त अवसरमा सस्थाको आफ्नै नवनिर्मित सहकारी भवनको समेत समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे बताइएको छ ।             

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...