News Portal

  • फ्रान्सको प्राविधिक टोली नेपाल आउँदै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ पुस २०७९
    ३८६ पटक
    भक्तपुर, २४ पुस २०७९

    राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली नेपाल आउने बताएका छन् । विद्युतीय राहदानीको सर्भरमा देखिएको ‘स्टोरेज’ समस्या हल गर्न फ्रान्सको सो प्राविधिक टोली सोमबारसम्म नेपाल आइपुग्ने यादवले जनाएका हुन् ।

    विभागका महानिर्देशक यादवका अनुसार कुनैपनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली बोलाइएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी विभागमा लागेको लाइन ‘एक महिनाभित्र हटाउन’ निर्देशन दिएकै दिनदेखि विभागले ‘काम ढिलाइमा प्राविधिक समस्या देखिएको’ भन्दै वितरण रोकेको थियो ।

    विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् ।

    विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउनुहुन अनुरोध गरिएको छ । सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नियमित रूपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेट बुक गर्नुभएका सेवाग्राही बुक गरेको मिति र समयमा बायोमेट्रिकका लागि विभागमा उपस्थित भइदिनुहुन अनुरोध छ ।’

    विभागले मंगलबार अर्को सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा अप्वाइन्टमेन्टका लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रुजु, राजस्व दाखिला र लाइफ इनरोलमेन्ट सेवा नियमित सञ्चालन भएको उल्लेख गरेको थियो ।

    विभागकी प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तिमा थप भनिएको थियो, ‘सम्पूर्ण सिस्टमको एउटा कम्पोनेन्ट (भ्यालिडेसन)मा प्राविधिक समस्याका कारण डाटा प्रोसेसिङमा सुस्तता देखिएको हुँदा राहदानी वितरणमा मात्र केही ढिलाइ हुने जानकारी गराउन चाहन्छौं ।’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...