News Portal

  • मेलमिलाप सम्वन्धी तालिम दिँदै सूर्यविनायक नगरपालिका

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ पुस २०७९
    ९९३ पटक
    भक्तपुर, २४ पुस २०७९

    सूर्यविनायक नगरपालिकाले मेलमिलाप सम्वन्धी आधारभूत तालीम शुरु गरेको छ । नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्वन्धी ८ दिने आधारभूत तालीम आइतबार बाट शुरु भएको हो ।                          तालीमको उद्घाटन गर्दै नगर प्रमुख बासुदेव थापाले तालीमबाट नगरपालिकाले दक्ष मेलमिलापकर्ता प्राप्त गर्ने बताए । बिबाद समाधानमा उनीहरुले उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रमुख थापाले बिश्वास ब्यक्त गरेका छन् । उपप्रमुख सरिता तिम्सिना भट्टराईको अध्यक्षता रहेको उद्घाटन समारोहमा नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेल लगायतले कानुन बमोजिम मिलाउन मिल्ने न्यायिक अधिकारका मुद्दालाई  नगरपालिकाले स्थानीयस्तरमै मिलाउन पहल गरिरहेको प्रष्ट पार्दै मेलमिलापका लागि दक्ष जनशक्ति  उत्पादनमा तालिम महत्वपूर्ण सावित हुने बताए ।                                                            तालीममा प्रत्येक वडाबाट ३ जनाको दरले ३० जना सहभागी रहेका न्यायिक समितिका सदस्य एवम् नगरपालिकाका अधिकृत सुरज पौडेलले जानकारी गराएका छन् । उनीहरुलाई कानुनले अधिकार दिएका मुद्दा मिलाउन अधिकार रहने पौडेलले प्रष्ट पारे । मेलमिलाप कर्ता कसलाई रोज्ने भन्ने छनौटको अधिकार भने झगडिया संग सुरक्षीत रहने र वकिल छानेजस्तै मेलमिलापकर्ता छान्न सक्ने उनको भनाइ छ । आइतबार सहभागीलाई तालीम दिन पूर्व महान्यायाधिवक्ता प्राडा युवराज सङ्ग्रौला समेत तालीम स्थल पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...