News Portal

  • बालकोटमा खाना पकाउने ग्यासको अनौठो बिस्फोट

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २५ पुस २०७९
    ६८४२ पटक
    भक्तपुर, २५ पुस २०७९

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-३ बालकोटमा खाना पकाउने ग्यास अनौठोगरी बिस्फोट हुँदा घरमा ठुलो क्षती पुगेको छ एकजना घाइते भएका छन् । सोमबार एकाबिहानै करिब ७ बजेको समयमा उक्त बिस्फोट भएको हो ।

    स्थानीय रामप्रसाद थपिलयाको अढाई तले घरको बाहिर तर्फ भर्याङ्गमा सटाएर बनेको भान्सा कोठामा रहेको खाना पकाउने ग्यास सिलिन्डर लिक भई एक्कासी बिस्फोट हुँदा कोठाको भित्ता नै ढल्न पुगेको प्रहरीको भनाइ छ। त्यतिमात्र होइन, बिस्फोटबाट बाहिर पार्किङ्ग गरी राखेको गाडी र छिमेकका घरका सिसाहरुमा समेत क्षती पुगेको छ ।

    जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं डिएसपी राजु पाण्डेले दिएको जानकारी अनुसार बिस्फोट बाट घर धनी तारा घले थपिलया घाईते भएकी छन् । अस्पतालमा उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरी वृत्त थिमीका प्रमुख रहेका डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । डिएसपी चौधरीले दिएको जानकारी अनुसार घर धनी तारा घले बिहान उठेर भान्सा कोठाको ढोका खोल्ना साथ् एक्कासी बिस्फोट हुँदा उनी घाइते भएकी हुन् ।

    स्थानीय प्रहरी प्रभागका इन्चार्ज रत्न मगरले जनाए अनुसार ग्यास लिक भएपनि सिलिन्डर जस्ताको तस्तै रहेको छ भने आगलागीको घटना समेत भएको छैन ।तर, घरमा भने ठुलो क्षती पुगेको देखिन्छ । स्थानीयले यस्तो ग्यास बिस्फोट पहिलोपटक देखेको बताएका छन् ।

    घटना पछि नेपाली सेनाको विस्फोटक पदार्थ हेर्ने युनिट समेत अनुसन्धानका लागि पुगेको थियो । प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरी रहस्य पत्ता लगाउन प्रयास गरेपनि गुम्सिएको ग्यास एक्क्कासी बिस्फोट भएको निष्कर्ष बाहेक अनुसन्धान बाट थप कुरा पत्ता नलागेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...

    भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान...

    डीपी ढकालको पुस्तकमाथि बौद्धिक नेताहरूबीच बहस

    काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं...

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...