News Portal

  • आलु खेतीबाट मनग्गे आम्दानी गर्दै डोटीका किसान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ पुस २०७९
    ३४७ पटक
    भक्तपुर, २६ पुस २०७९

    आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

    अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ आत्मनिर्भर बन्दै गएको छ । परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा आलुखेती गर्न थालेका हुन् ।

    जिल्लाको बडिकेदार गाउँपालिका–५ थानकोटका किसान दिल्ली मल्लले आलु खेतीबाट निकै आम्दानी गरेका छन् । उनी हिउँदे र बर्खे गरी दुवै याममा रु दुई लाख बराबरको आम्दानी गर्दै आएको बताउँछन् । ‘धान,गहुँ र तोरी खेतीले खासै आम्दानी हुँदैनथ्यो,’ मल्लले भने, “आलु खेती गर्न थालेपछि यहाँका किसानले निकै आम्दानी गरेका छन् ।”

    जिल्लाको जोरायल गाउँपालिका–६ दहका किसन गोपाल साउदले ४० रोपनी जमिनमा लगाएको आलु खनि सकेका छन् । काडिन्ल नामको रातो आलु ६० क्विन्टल फलेको र उक्त आलु प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको उनको भनाइ छ । एकै याममा करिव रु दुई लाख चालिस हजार बराबर आम्दानी भएको साउद उल्लेख गरे ।

    कृषि ज्ञान केन्द्रबाट चक्लाबन्दी आलु खेतीका लागी ५० प्रतिशत अनुदान तथा प्राविधिक सहयोगमा आलुको बीउ ल्याएर लगाइएकामा पानी नपरेकाले खासै उत्पादन नभएको गुनासो उनले गरे ।

    आलु उत्पादनलाई उपभोक्तामुखी बनाउँदै किसानले सहज बनाउँदै लगेको बडीकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र शाह बताउँछन् । हिउँदे र बर्खे बालीका रूपमा आलुखेती गरी उक्त गाउँपालिकाका प्रत्येक किसानले रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् ।

    जिल्लामा पछिल्लो समय आलु खेती गर्ने किसान निकै बढेकाले किसानलाई समयमै बीउ बिजन, मल, कृषि औजारलगायत समस्या भएकाले स्थानीय तह , सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी उपलब्ध गराउन पहल गरिने प्रमुख पनेरुले बताए ।

    गत आर्थिक वर्ष २०७७/७८ मा दुई हजार नौ सय पाँच हेक्टर जमिनमा लगाएको आलु ३३ हजार छ सय ६६ मेट्रिटन उत्पादन भएको थियो भने यस वर्ष तीन हजार चार सय ३३ हेक्टर जमिनमा लगाएको आलु ४० हजार पाँच सय ५८ मेट्रिकटन उत्पादन भएको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    जिल्लाको सायल गाउँपालिका, पूर्वचौकी गाउँपालिका , दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकालाई आलु पकेटको रूपमा छनोट गरी आलु खेती गरिँदै आएको उक्त केन्द्रले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...