News Portal

  • प्रचण्डप्रति संसदको प्रचण्ड बिश्वास, नेमकिपा र जनमोर्चाको दुईमत मात्र बिपक्षमा

    भक्तपुर, २६ पुस २०७९
    ३८२ पटक
    भक्तपुर, २६ पुस २०७९

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनीय तवरले प्राय सबै सदस्यको विश्वासको मत पाएका छन् । उनले नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबैको बिश्वासको मत प्राप्त गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । बैठकमा २७० जना उपस्थित थिए ।

    सत्ता साझेदार दल सहित सबै राष्ट्रिय दलको साथै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि उनलाई बिश्वासको मत दिएका छन् । विश्वासको मतले आफूलाई गौरवान्वित बनाएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । सबै जातजाति, भाषाभाषीको रक्षाका लागि आन्दोलन गरेको स्मरण गर्दै उनले संसदले आफूमाथि बिस्वास गर्दा न्यायको महसुस भएको प्रतिक्रिया दिए ।

    उनले आफूलाई प्राप्त मतप्रति न्याय गर्न सकुँला नसकुँला भन्ने चिन्ता भएको भन्दै पूर्ण इमान्दारी साथ् संसदको भावना प्रतिनिधित्व गर्ने प्रतिवद्धता समेत प्रकट गरे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...