News Portal

  • चागुँनारायण नगरपालिकाको नीति तथा कार्यक्रममा संसोधन

    भक्तपुर, २६ पुस २०७९
    ४६० पटक
    भक्तपुर, २६ पुस २०७९

    चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनले  आर्थिक वर्ष २०७९/८० को संशोधिन नीति तथा कार्यक्रमलाई संसोधन गर्दै पारित गरेको छ । साथै, नगरपालिकाको अर्धवार्षिक समिक्षा समेत सर्वसम्मतले पारित गरेको छ ।
    नगर प्रमुख जीवन खत्रीले सञ्चालन गरेको सभामा उपप्रमुख बुढाथोकीले चालु आर्थिक वर्षमा नगरपालिकाको प्रस्तावित योजना ५ सय ३० वटा रहेकोमा हालसम्म २ सय२ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा पुगेको जानकारी गराएका छन् । उपभोक्ता समितिमार्फत् एक सय ७५ र ठेक्का प्रक्रियामार्फत २७ वटा योजनाहरु सम्झौता भई काम शुरु भएको उनले जानकारी गराए ।
    सभामा उपप्रमुखको प्रतिवेदन वाचन गर्दै वडा नं. ५ का वडाअध्यक्ष जयन्द्र खड्काले नगरपालिकाको उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत् सार्वजनिक निर्माण सम्बन्धी कार्यविधि २०७९ कार्यपालिकाबाट २०७९ भदौ २६ मा स्वीकृत भई कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
    खड्काले आयव्यय विवरणका साथै शिक्षा तथा खेलकुद, महिला शशक्तीकरण बालवालिका तथा अन्य लक्षित कार्यक्रम, संघसंस्था समन्वय परिचालन, सामाजिक सुरक्षा भता वितरण, घटना दर्ता वितरण, स्वास्थ्य, सूचना प्रविधि, खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम, सहकारी, पशुपंक्षी सेवा, कृषि सेवा, सहरी विकास तथा भबन निर्माण, रोजगार सेवा केन्द्र, न्यायिक समिति लगायतका उपशीर्षकहरुमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    सभामा लेखा समितिको प्रतिवेदन वडा नं. ७ का वडाअध्यक्ष धनबहादुर लामा, नगरको सडक सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन वडा नं. ९ का वडाअध्यक्ष गणेश त्यात, शिक्षा ऐन संशोधन वडा नं. ८ का वडाअध्यक्ष जनक खत्री, नगरको आर्थिक विधेयकमा राजश्व सम्बन्धी शिर्षक थप गर्ने सम्बन्धी प्रस्ताव कार्यपालिका सदस्य भारतीले प्रस्तुत गरे ।

    प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन र प्रस्तावहरु माथि नगरसभाका सदस्यहरुले आ–आफ्नो धारणा राखेका नगरपालिकाकि अधिकृत निला घिमिरेले बताइन । अधिवेशनको अर्को बैठक बिहीबार बस्ने प्रमुख प्रशासकिय अधिकृत हिरामणी सुवेदीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...