News Portal

  • एकीकरण मार्ग पदयात्रा काठमाडौँ आइपुगे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ पुस २०७९
    १३६ पटक
     भक्तपुर, २७ पुस २०७९

    ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले गोरखाबाट सुरु गरेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँ आइपुगेको छ । विशेष टर्चलाइटसहित तत्कालीन फौजले प्रयोग गरेका पोसाक तथा हतियारसहितको सैनिक टोली मङ्गलबार बिहान काठमाडौँ आइपुगेको हो ।

    नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र उनका फौजले मार्चपास गरेको पदमार्ग स्मरणमा सेनाको एकीकरण पदयात्रासहित टर्च -यालीको आयोजना गर्ने गरिएको छ ।

    नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार नेपाल एकीकरणका बेला स्थापना भएका श्रीनाथ कालीबक्स गण, पुरानो गोरख बदेवाणी (हालको बर्दबहादुर र सुवुज) गणले विशेष मार्चसहित टर्च-याली काठमाडौँ ल्याएका हुन् ।

    बिहीबार गोरखाबाट हिँडेको एकीकरण मार्ग पदयात्रा गोरखाबाट धादिङको भर्याङभुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । -यालीलाई विभिन्न स्थानमा बाजागाजा र फूलमालासहित स्वागत गरिएको थियो । नेपाल सरकारको नीति तथा कार्यक्रममा नेपाल एकीकरणका समयमा स्थापना भएका ऐतिहासिक किल्ला, गढीको संरक्षण तथा प्रवद्र्धन गर्ने नीतिअनुरूप नेपाली सेनाले वि.सं २०७६ पुस १ गतेदेखि एकीकरण मार्ग पदयात्रा सुरु भएको सेनाले जनाएको छ ।

    काठमाडौँको हनुमानढोकास्थित शार्दूल जङ्ग गणमा आइपुगेको -यालीलाई विशेष बाजागाजा तथा झाँकीसहित बुधबार बिहान नगर परिक्रमा गरी सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा ल्याउने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सन् १७६८ देखि पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गरी २४ स–साना राज्यलाई समाहित गरी नेपाल एकीकरण गरेको स्मरणमा नेपाली सेनाले गोरखाबाट टर्चसहितको -याली काठमाडौँ ल्याउने गरेको हो । सन् १८१२ पृथ्वीनारायण शाह आफैँले कमान्ड गरेको फौजले नेपालको पूर्व टिस्टादेखि पश्चिमको काँगडासम्म सीमा विस्तार गरेको इतिहास छ ।

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...