News Portal

  • छोराबुहारी विदेश पठाए तर बुवा, आमा घर फर्किएनन्

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ माघ २०७९
    ३३७ पटक
     भक्तपुर, ४ माघ २०७९

    वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौँ सहर आउजाउ गर्थे ।

    बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो । सवारीकै सहायतामा एक-दुई पटक काठमाडौँ पुगेर फर्केको अनुभव थियो उनीसँग । छोराबुहारी जापानमा रहेकाले घर आउँदा जाँदा आचार्यले विमानस्थलसम्म लिन र छाड्न जान थालेका थिए । काठमाडौँको विमानस्थलबाट छोराबुहारी आउँदा जाँदा लिन र पुर्याउन जान्थे ।

    केही महिनाअघि जापानबाट घर आएकी बुहारी लक्ष्मी आचार्य जापान फर्किन थालेपछि आचार्य बुहारी उडाउन जहाज चढेरै काठमाडौँ पुगे । बुहारी लक्ष्मीसहित सुरक्षित काठमाडौँ पुगेका आचार्यले गत शनिबार बुहारीलाई जापान जाने जहाजमा सुरक्षित हिसाबले पठाए तर आफू घर फर्किएन । शनिबार बुहारी पठाएका आचार्य आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ नम्बरको विमान दुर्घटनासँगै अस्ताए ।

    बुहारी लक्ष्मी जहाज चढेपछि जापानमा रहेका जेठा छोरा गणेशलाई जानकारी गराए । पोखरामा रहेका कान्छा छोरा लोकनाथलाई आफू फर्किने टिकटको बन्दोबस्त गर्न लगाए । “कान्छो छोरा लोकनाथले भाउजूलाई पठाएपछि शनिबारै पोखरा आउनुस्, अनलाइन टिकट काटिदिन्छु भनेको रहेछ तर भाइले आज यतै बस्छु भनेपछि आइतबार बिहानको टिकट लिएछ”, मृतक शालिकरामका दाजु डिल्लीप्रसाद आचार्यले भने, “अघिल्लो दिन नै पोखरा फर्किएको भए सायद यस्तो भोग्नुपर्ने थिएन ।” बुहारी जापान पुगिनसक्दै विमान दुर्घटनामा भाइ गुमाउनुपरेको आचार्यले सुनाए ।

    मृतक आचार्यका माइला छोरा घनश्याम, कान्छा लोकनाथ र श्रीमती पोखराको नागढुङ्गामा बस्छन् । उनले त्यहाँ केही वर्षदेखि बागलुङ कालिका होटल सञ्चालन गरेका थिए । आचार्यको निधनले बागलुङको कुँडुले गाउँ शोकमा डुबेको छ । वैदेशिक रोजगारीमा हिँडेकी बुहारी छोडेर फर्किंदा ज्यान गुमाउने बागलुङका आचार्य एक्ला होइनन् ।

    अध्ययन तथा रोजगारीको सिलसिलमा अस्ट्रेलिया हिँडेका छोराबुहारी छाडेर फर्किंदै गरेका बागलुङ नगरपालिका–१ की सीताकुमारी खड्का पनि घर फर्किएनन् । शनिबार राति खुसीका साथ छोराबुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाइको हात हल्लाएकी सीता आइतबार बिहान आफैँ यो संसारबाट बिदा भइन् । आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गरेकी खड्का पोखराको आकाशमा अस्ताइन् ।

    छोराबुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा डुबेको छ । छोराबुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताए । खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले अनलाइन टिकट लिएपछि सोही विमानबाट पोखरा आउँदै थिए ।

    आमाको मृत्युको खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको भान्जा सूर्यले बताए । “माइजू, भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो”, लामिछानेले भने, “उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका छैनन् । यता माइजूको यस्तो खबरले सबैलाई स्तब्ध र दुःखी बनाएको छ ।”

    उनीहरूसँगै बागलुङको बडिगाड गाउँपालिका स्थायी घर भएकी कलाकार निरा छन्त्याल र गलकोट नगरपालिका–२ नरेठाँटी घर भएकी बन्दना सुनारको पनि निधन भएको छ । छन्त्याल पोखरामा सञ्चालित एक कार्यक्रममा प्रस्तुतिका लागि आउँदै थिए भने सुनार अमेरिकाबाट काठमाडौँमा उपचार गराइरहेकी हजुरआमा भेट्न आएकी थिइन् । नेपाल आएका बेला जन्मथलो पुगेर फर्किने सुनारको सपना अधुरै रह्यो । रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...