News Portal

  • मौलिक शैलीमा घर निर्माण गर्न अनुसन्धानको आवश्यकता: अध्यक्ष बिजुक्छेँ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ माघ २०७९
    ४७४ पटक
    भक्तपुर, ६ माघ २०७९

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले माटो जोडाइ, ढुंगा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको बताएका छन् ।

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरको दत्तात्रयमा बिहीबार सम्पन्न भएको जनचेतनामूलक शैक्षिक प्रदर्शनीमा उनले सो विचार व्यक्त गरेका हुन् ।

    मौलिक कला र सीपयुक्त प्रविधिबाट निर्माण भएका संरचनाले ठूल्ठूला भूकम्पहरुमा कम क्षति भएको समेत उनले बताए । अध्यक्ष रोहितले भवन निर्माणमा आधुनिक तथा नयाँ नयाँ प्रविधि प्रयोग बढेसँगै मौलिक घरहरु लोप हुँदै गएको भन्दै देखावटीको निम्ति मात्र पुरानो शैलीको घर निर्माण गर्नु गलत भएको जनाए ।

    सिमेन्टको घरले फोक्सो तथा नसासम्बन्धी धेरै रोगहरु निम्त्याइ रहेको तर्फ सजग पार्नुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले अनुसन्धानलाई जोड दिँदै भूकम्प प्रतिरोधी घर निर्माण गर्नेतर्फ जनतालाई सचेत पार्ने काम गर्दै जानुपर्ने बताए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्पले क्षति मात्र नभई सहर पुनःनिर्माणको अवसर पनि मिलेको बताउँदै भक्तपुर नगरपालिकाले भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड तयार गरी भूकम्प प्रतिरोधी निर्माणको लागि आवश्यक व्यवस्था मिलाउंदै आएको जानकरी दिए ।

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप ईन्जिनियरिङ कलेज र ख्वप कलज अफ ईन्जिनियरिङबाट विकास निर्माणको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी बलियो र भरपर्दो निर्माणको लागि राष्ट्रिय रुपमा टेवा पुर्याउँदै आएको बताए । नपाले प्रत्येक वर्ष भवन निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मीलगायत प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी प्रविधिसम्बन्धी तालिम प्रदान गर्दै आएको समेत उनले जानकारी दिए ।

    भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले सन् १९९० सालको भूकम्पको स्मरणस्वरुप प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको बताउँदै खुल्ला क्षेत्र र सार्वजनिक ठाउँको संरक्षणमा स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताए ।

    ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्यद्वय सुजन माक र सुनिल दुवालले भूकम्प प्रतिरोधी क्षमता विकास गर्न भूकम्पसम्बन्धी अध्ययन अनुसन्धानलाई निरन्तरता दिनुपर्ने र ख्वप इन्जिनियरिङ कलेजले भूकम्प विषयमा स्नातकोत्तर विषयउको अध्ययन अध्यापक सञ्चालन गरेकै कारण यस किसिमको शैक्षिक प्रदर्शनी गर्न सफल भएको बताएका छन् । ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले पनि आफ्नो विचार राखेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...