News Portal

  • सिडिओ शर्माले गरिन् पत्रकार महासंघको प्रशंसा, भक्तपुरका पत्रकार उदाहरणीय रहेका भनाइ

    भक्तपुर, ११ माघ २०७९
    ६५७ पटक
    भक्तपुर, ११ माघ २०७९

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा क्रियाशील पत्रकारको पेशागत मर्यादाप्रति सन्तुष्टि व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई प्रशंसा पत्र प्रदान गर्दै उनले भक्तपुरमा क्रियाशील पत्रकारले प्रमाण बेगरका समाचार सम्प्रेषण नगरेको भन्दै सन्तोष ब्यक्त गरेकी हुन् ।

    मंगलवार विभिन्न सामाजिक पेशागत संघसस्थाका प्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरुलाई बोलाएर आफ्नो कार्यकालको समीक्षा गरेकी सिडिओ शर्माले सही सूचना जनतासम्म पुर्याउन र जनताको गुनासा र समस्या सरोकारवाला सम्म ल्याउन सञ्चारकर्मीको तटस्थ भूमिका उदाहरणीय रहेको बताइन् । उनले कालोलाई सेतो र सेतोलाई कालो भन्ने काम भक्तपुरका पत्रकारले नगरेको भन्दै पेशागत मर्यादामा आफ्ना सदस्यलाई अब्बल बनाउन पत्रकार महासंघले खेलेको भूमिकाको प्रशंंसा गरिन । सिडिओ शर्माले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, बिपद ब्यवस्थापन गर्न, उपभोक्ताको हित संरक्षण गर्न, सार्वजनिक सेवालाई चुस्त बनाउन र गत निर्वाचन सफल बनाउन पत्रकार महासंघले सहयोग गरेको बताउदै प्रशंसा पत्र प्रदान गरेकी थिइन् । महासंघका लागि अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव संजीप घिमिरे शुभचिन्तक र सल्लाहकार रमेश गिरीले संयुक्तरुपमा प्रशंसा पत्र ग्रहण गरेका थिए । उक्त अवसरमा अध्यक्ष प्रजापतिले सिडिओ शर्मा मिडिया मैत्री भएको भन्दै मिडियामा आएका कुरा सम्बोधन गर्ने तत्परता समेत उनमा देखिएकोमा खुशी ब्यक्त गरेका थिए ।

    उक्त अवसरमा सिडिओ शर्माले भक्तपुर उद्योग वाणिज्य महासंघ, भक्तपुर चेम्बर अफ कमर्स, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर रेड्क्रस, उपभोक्ता हित संरक्षण मंच भक्तपुर लगायत संघ सस्थालाई समेत आफ्नो कार्यकालमा सहयोग गरेको प्रति प्रशंसा पत्र प्रदान गरेकी थिइन् । त्यसैगरी सरकारी तर्फ सहायक सिडिओ माधवप्रसाद शर्मा, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्र न्यौपाने, इन्द्रबक्स गणका गणपति श्यामराजा बिक्रम, सशस्त्र प्रहरी बल २२ नम्बर गणका गणपति नरबहादुर रावत,  जिल्ला प्रहरी परिसरका प्रमुख रहेका  एसपी प्रजित केसी र डिएसपी राजु पाण्डे त्यसैगरी उप अनुसन्धान निर्देशक प्रकाश आचार्यलाई समेत उनीहरूले पुर्याएको सहयोग प्रति प्रशंसा पत्र प्रदान गरिएको थियो ।   

    कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धर र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले प्रजिअ शर्माको कार्यकालमा व्यवसायलाई स्वच्छ प्रतिस्पर्धामा लैजान र उपभोक्ता हितका लागि आचारसंहिता निर्माण र कार्यान्वयनमा नयाँ शुरूवात भएको भन्दै ब्यवसायीका लागि उनको कार्यकाल सुखद हुनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्नमा उत्प्रेरणा समेत मिलेको बताएका थिए । त्यसैगरी अधिकारकर्मी मनोज थापाले उपभोक्ता हित संरक्षणलाई केन्द्रमा राखी बजार अनुगमनलाई सिडिओ शर्माले परिणाम्मुखी बनाएको स्मरण गरे ।                                 

    भक्तपुरमा  १६ महिनादेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेकी सिडिओ रुद्रादेवी शर्मालाई गृह प्रशासनले केही दिन अघि मन्त्रालयमा सरुवा गरेको छ । रामेछाप र गुल्मी पछि भक्तपुरको सिडिओको जिम्मेवारी समेत बिबादरहीत रही सफलतापूर्वक सम्पन्न गरेकी शर्माले बुधबार जिल्ला छाड्ने तयारी गरेकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरेले जनाएकी छन् । सिडिओ शर्माले भक्तपुरमा पासपोर्टको इ-सेवा, अशक्त र अपाङ्गता भएका नागरिकका लागि घरदैलो सेवा र सेवामा टाइम कार्डको ब्यवस्था  शुरु गरेको श्रेय लिन समेत सफल भएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...