News Portal

  • रेबिज नियन्त्रण गर्न खोप अभियान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ माघ २०७९
    ४८३ पटक
     भक्तपुर, १३ माघ २०७९

    काभ्रेलाञ्चोकमा पछिल्लो समय पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ ।

    गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण देखिएको थियो । त्यसको मण्डनदेउपुरको एउटा वडा तथा रोशी गाउँपालिकामा पनि रेबिज फैलिएको थियो ।

    मण्डनदेउपुर–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएको छ । रेबिज देखिएपछि उक्त क्षेत्रका पशुचौपायालाई खोप लगाउन थालिएको पशु चिकित्सक राजकुमार हुमागाईँले बताए । मण्डनदेउपुरका केही स्थानमा छ महिनाको अवधिमा २२ गाई मरिसकेका छन् । स्थानीय हरिप्रसाद नेपालका अनुसार माघमा मात्रै दुई गाई मरेका छन् । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ५० जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ । थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए।

    उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा, पशु शाखा, जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीले निगरानी गरिरहेको छ । केही महिनाअघि भुम्लु गाउँपालिकामा रेबिजका कारण पशुचौपायाको मृत्यु भएपछि त्यहाँका पशुचौपाया र दुई सय ८९ जनालाई रेबिजविरुद्धको खोप लगाइएको थियो । महाभारत गाउँपालिकामा पनि रेबिजका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्धको खोप लगाइएको छ । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि महाभारत–१ गोकुले र वडा नं ८ को घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए ।

    यसैबीच रेबिज सङ्क्रण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत, मण्डनदेउपुर र रोशीमा रेबिज फैलिएकोबारे अध्ययन भइरहेको बताए । “खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ”, उनले भने । रेबिजबाट २०७७ चैतयता काभे्रपलाञ्चोकमा छ जनाको मृत्यु भएको छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ ।

    उनान्सय प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे र पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...