News Portal

  • भक्तपुरमा उत्कृष्ट २४ प्रहरी कर्मचारीहरु पुरस्कृत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १७ माघ २०७९
    ३५४ पटक
    भक्तपुर, १७ माघ २०७९

    भक्तपुरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट २४ जना आइतबार पुरस्कृत भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.ले उत्कृष्ट २४ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरेका हुन् ।

    उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी परिसर भक्तपुरबाट प्र.ना.उ. सहित १३ जना, प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्र.नि. सहित ५ जना र प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.ना.नि. सहित ६ जना पुरस्कृत भएको प्र.ना.उ. राजु पाण्डेले जनाएका छन् । उनका अनुसार उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्ने तर्फ उत्प्रेरित हुने बताए ।

    जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत वृत्तहरु र प्रभागहरुमा कार्यरत रही भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दार बफादार कर्तव्यनिष्ट भई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने, अपराध रोकथाम नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गर्ने, बालसुधारबाट फरार बाल बिज्याँईकर्तालाई खोजतलास गरी पक्राउ गर्ने, राजमार्गमा ट्राफिक प्रहरीसंग समन्वय गरी प्रभावकारी सडक सुरक्षा व्यवस्था प्रवाह गर्ने, लागू औषध नियन्त्रण एवं पक्राउ गर्ने साथै दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत गरिएको हो ।

    साथै, यस आर्थिक बर्षमा प्रहरी आचरण विपरीत कार्य गर्ने, डिउटीमा मादक पदार्थ सेवन गरी लापरवाही गर्ने, आफुखुशी कार्यालय छोडी अनुपस्थित रहने ७ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने, दर्जा घटुवा, बढुवा रोक्का, नसिहद जस्ता कारवाही समेत गरिएको प्र.ना.उ. राजु पाण्डेले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...